नेकपा (माओवादी केन्द्र) ले आजदेखि विशेष रुपान्तरण अभियान भनेर तीन महिने अभियान सुरु गदैं छ । अभियानको तिब्र प्रचार,प्रसार गरिरहेको माओवादीले जनतासँग बिग्रेको सम्बन्धलाई सुदृढ बनाउने गरी पार्टीका नेता,कार्यकर्ताहरुलाई वडामा केन्द्रित गराएको छ । सरकारले गरेका कामलाई जनतामा सुस्पष्ट पार्ने अनि पार्टीभित्र माथिल्लो तहमा देखिने गलत प्रवृतिले कार्यकर्ता,जनतामा नकारात्मक प्रभाव पारेको भन्दै नेतानै जनतामा पुगेर आत्मआलोचना गर्ने अभियानले कस्तो फलदायी परिणाम ल्याउँछ त्यो त आजदेखि शुरु हुने नतिजाले बताउने छ ।
अहिले माओवादीले सरकारको नेतृत्व गरिरहेको छ भने घर जनताको दैलोमा माओवादी पुग्नुपर्ने अभियानले उदेश्यले सबैलाई तंरगित मात्र बनाएको छैन यस बारेमा चासो बढाएको छ । यसपटक माओावदीले जनतामा पुगेर केही आशा र विश्वास दिन सक्यो र जनताबाट केही कुरा ल्याएर आफूलाई रुपान्तरण गर्न सक्यो भने माओवादी पुनः पलाउने छ र जनतामा झाङगिने छ ।