तुलसीपुर २० असोज, सल्यानको कपुरकोट मुलपानीमा बस दुर्घटना हुँदा घटना स्थलमा दुई जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ निवासी करिब ४४ वर्षकी अनिता बोहरा र सल्यानको त्रिवेणी गाउँपालिका–६ निवासी ३२ वर्षकी सुनिता सुनार रहेको कपुरकोट प्रहरी चौकीका इन्चार्ज रतन शर्माले जानकारी दिएकाछन । घटनामा परेर घाइते भएका २२ जनालाई उद्धार गरेर उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको प्रहरीले जनाएको छ ।
दाङको तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस दिउँसो करिब ३ बजे दुर्घटना भएको थियो । विपरित दिसाबाट आइरहेको गाडीलाई साइड दिने क्रममा दुर्घटना भएको प्रहरीले बताएको छ । केही दिन यता सल्यानमा लगातार दुर्घटनाका घटनाहरु भइरहेकाछन ।