कक्षा १२ को नतिजा ः कति विद्यार्थी कुन–कुन ग्रेड ल्याए ?

काठमाडौँ । गत बैसाखमा भएको कक्षा १२ को परिक्षाफल प्रकासित भएको छ । परिक्षामा ५२ प्रतिशत परिक्षार्थीहरु उर्तिण भएकाछन । ३ लाख ९० हजार ८६८ जनाले परीक्षा फाराम भरेकोमा दुई लाख तीन हजार ८४७ विद्यार्थी उत्तीर्ण भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यसपटक कक्षा १२ को नतिजा सुधारोउन्मुख देखिएको छ । २०७९ सालको तुलानामा २०८० सालको नतिजामा सुधार देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए ल्याउने रहेका छन् ।
सबैभन्दा कम १.६१ देखि २.० जीपीए सम्म ल्याउने विद्यार्थी संख्या जम्मा १२ जना रहेका छन् । त्यस्तै २.०१–२.४० सम्म ल्याउने ८,२४०, २.४१–२.८० सम्म ल्याउने ६१,०३६, २.८१ देखि ३.२० सम्म ल्याउने ७८,०७५, ३.२१–३.६० सम्म ल्याउने ४६,८९३ विद्यार्थी रहेकाछन् । त्यस्तै ३.६१–४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ९५९१ रहेको छ ।