दाङ,पालिकाका सम्मेलन सम्पन्न गदै जिल्ला सम्मेलनकाे तयारीमा जुटेकाे अखिल क्रान्तिकारीले शुक्रबार घाेराही,तुल्सीपुर र लमही नगरका सम्मेलनहरु सम्पन्न गरेको छ।
घाेराहीमा सम्पन्न दाेसाे सम्मेलनले इन्द्र गौतमको अध्यक्षतामा ३१ सदस्यीय पालिका समिति चयन गरेकाे छ । संगठनका अध्यक्ष इन्द्र गौतमको अध्यक्षता एव नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश उपाध्यक्ष लुमाकान्त न्याैपाने, सागरको प्रमुख आतिथ्यता र संगठनका केन्द्रिय सदस्य जग राेकाकाे विशिष्ट आतिथ्यतामा सम्पन्न सम्मेलनलाई नेकपा माओवादी केन्द्रका घोराही नगर इन्चार्ज मिलन डागी, प्रेस सेन्टरका केन्द्रिय अनुसाशन आयोगका सयाेजक, नरेन्द्र केसी, विशिष्ट आतिथ्यता तथा नेकपा (माओवादी केन्द्र) घोराहीका अध्यक्ष अटल थारु , संगठनका पुर्ब अध्यक्षहरु वसन्त चाैधरी, सुमन राेका , संगठनका लुम्बिनी प्रदेश सचिवालय सदस्य प्रतीक अधिकारी , संगठनका जिल्ला संयोजक गिरबहादुर महरा लगायतकाले शुभकामना दिनु भएको थियाे । सम्लेलनले इन्द्र गौतमकाे अध्यक्षतामा २९ सदस्य कार्यसमिति चयन गरेकाे छ ।जसकाे उपाध्यक्षमा दिना भण्डारी, सुन्दर पुन, विमर्श बिष्ट सचिबमा गोबिन्द चन्द, सह सचिबमा निक्कु बिश्वकर्मा , राजन चौधरी ,प्रकाश सुवेदी , विशाल थापा , रेश्मा बिश्वकर्मा, कोषाध्यक्ष कृष्णा नेपाली रहनु भएको छ ।
त्यस्तै क्रान्तिकारीले शुक्रबार नै तुल्सिपुर उपमहानगरपालिकाको दोस्रो पालिका सम्मेलन सम्पन्न गरेको छ। सम्मेलनले हिमाल वलीको अध्यक्षतामा २९ सदस्यीय पालिका कार्यसमिति चयन गर्दै पालिका सम्मेलन सम्पन्न गरेको हो।
संगठनका पालिका संयोजक बोधराज विश्वकर्माको अध्यक्षता एब संगठनका केन्द्रिय उपमहासचिव सूर्य प्रकाश घर्ती मगरको प्रमुख आतिथ्यता,नेकपा (माओवादी केन्द्र) केन्द्रीय समिति सल्लाकार सेशुराम भण्डारी, नेकपा(माओवादी केन्द्र) जिल्ला सचिव विश्व राज आचार्य र संगठनका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विन्दु खड्का, संगठनका पुर्व जिल्ला अध्यक्ष डिल्ली अधिकारी र खुसिराम चौधरीको विशिष्ट आतिथ्यतामा सम्मेलन भएको हो ।
सम्मेलनले हिमाल वली अध्यक्षतामा उपाध्यक्ष सागर डीसी, उपाध्यक्ष – बिन्दु खड्का,सचिवमा शिक्षा विश्वकर्मा,सह सचिबमा झरणा नेपाली,सह-सचिब- रमेश जैसी र कोषाध्यक्ष रमा चौधरी रहनु भएको छ ।
अखिल (क्रान्तिकारी)ले आज सम्पन्न गरेकाे लमही नगर समितिको दोश्रो पालिका सम्मेलनले प्रीया बिककाे अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिती चयन गरेकाे छ ।संगठनका केन्द्रिय सदस्य कल्याण अधिकारीकाे प्रमुख आतिथ्यता एव केन्द्रिय सदस्य भरत भुसालकाे बिशिष्ट आतिथ्यतामा सम्लेलन सम्पन्न भयाे । सम्मेलनले प्रीया बिक अध्यक्ष रहेकाे कमिटीमा उपाध्यक्ष अनुशा बेल्बासे, सचिब नवीन प्रसाद बन्जाडे,सह सचिव, बिबेक खत्री , अनिता परियार ,सुश्मिता बिश्वकर्मा,कोषाध्यक्ष – अन्जिला सुनार रहनु भएको छ ।