मिडियाले समाजलाई सहि दिशा प्रदान गर्न भूमिका खेल्नुपर्ने

घोराही,समाजमा निराशा बढिरहेकोमा चिन्ता व्यतm गदैं त्यसमा मिडियाले सही दिशा प्रदान गर्न भूमिका खेल्नुपर्ने कुरामा एक कार्यक्रममा बोल्ने वतmाहरुले जोड दिएका छन । मंगलबार नेपाल पत्रकार महासंघ दाङ शाखाले घोराहीमा आयोजना गरेको मिडिया मन्थन पुस्तकको विमोचन समारोहमा बोल्ने वतmाहरुले समाज रुपान्तरणमा मिडिया क्षेत्रको भूमिका महत्वपूर्ण रहने हुँदा पत्रकारिताले जिम्मेवारीपूर्ण ढंगले आफनो सामाजिक उत्तरदायित्वलाई बहन गर्नुपर्ने कुरा बताएका थिए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा रहेको ‘मिडिया मन्थन’पुस्तकको विमोचन समारोहलाई सम्बोधन गदै प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तथ्यमा आधारित भएर सुशासन,पारदर्शीता,जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणका लागी मिडिया क्षेत्रले खबरदारी गर्नुपर्ने बताउनु भयो ।
मुख्यमन्त्री आचार्यले जनतामा आशा जगाउन मन्त्रीका नाममा हुने फजुल खर्च नियन्त्रण गर्न आफूले आचारसंहिता बनाएर पालन गदै अघि बढेको बताउँदै उहाँले भन्नु भयो–‘सरकार सच्चिन चाहन्छ, तपाईहरुले तथ्यमा आधारित भएर आलोचना गरिदिनुस्’। कार्यक्रमका अर्को अतिथि उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले जनताको पक्षमा बुलन्द आवाज उठाउने मिडिया क्षेत्र भएकाले संघीयतालाई बलियो बनाउने भूमिका मिडिया क्षेत्रले खेल्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का,प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डाक्टर विकास लामिछाने,नेपाल पत्रकार महासंघका संस्थापक टिकाराम रेग्मी,प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, लुम्बिनी प्रदेश सभा सचिव दुर्लभकुमार पुन,नेपाल संस्कृति विश्व विद्यालयका रजिष्टार माधव अधिकारी,तुलसीपुर उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष देवबहादुर केसी,राप्ती साहित्य परिषदका अध्यक्ष टिकाराम उदासी,नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी,नेपाली कांग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदी,नेकपा माओवादी केन्द्रका सचिव विश्वराज आचार्य लगायतले बोल्नु भएको थियो ।
महासंघका उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शितलले गर्नु भएको थियो ।