घोराहीमा आगलागी,करिब ६० लाख बराबरको क्षति

घोराही, दाङको घोराहीमा एक मोटरसाइकल वर्कसपमा आगलागी भएको छ । शनिबार साँझ ५ बजे आगलागी हुँदा वर्कसप सबै जलेर नष्ट भएको छ । घोराहीको सहिद गेट नजिकै रहेको मिक्सो मोटरसाइकल वर्कसपमा विद्युतको तार सर्ट भएर आगलागी भएको प्रहरीले अनुमान गरेको छ ।
आगलागीबाट कुनै मानवीय क्षति नभए पनि वर्कसप भित्र रहेकोे सम्पुर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको विवरण पुरा विवरण एकिन नभएपनि झण्डै ६० लाख बराबरको मोटर पार्टहरु मात्रै जलेर नष्ट भएको मिक्सो मोटरसाइकल वर्कसपका सञ्चालन सोमनाथ थापाले बताए ।
नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना तथा स्थानीयको सहयोगमा घोराही नगरको वारुणयन्त्रले आगो नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।