‘भोकाको काल टादैं महाकाल’ !

गिरिराज नेपाली,घोराही,१९ भदौं,
उमेरले करिव ११÷१२ वर्षको जस्तो देखिने एक बालक आफ्नो नामथर छ,घर थाहा छैन ! मानसिक सन्तुुलन गुुमाएको जस्तो कुराकानी र हाउभाउ देखाउने, नाम सोध्दा राजुु खत्री बताउने । जो घोराही बजारको फोहोरको थुप्रो वरिपरि मात्रै देखिन्छन र भेटिन्छन्।भोक मेटाउने उनी घोराही बजारको गल्ली–गल्लीका फोहोरका थुप्रोहरु चहार्दै हिड्ने ती बेवारिसे सडक बालक अहिले त्यो फोहोरको थुप्रोमा नभई घोराहीको ट्राफिक चोकमा विहान,साँझ अटोमा आउँने खानालाई कुरेर बसेका देखिन्छन्।फोहोरको थुप्रोमा भोक मेटाउने ती बालकले हिजोआज बिहान,साँझ पेटभरी भोक र मनभरी प्यास मेट्न पाएकाछन् । राजुु भनेर चिनिने ती बालक भन्छन–‘भोकको पिर छैन । बिहान,साँझ भोकले मरिन्छ कि भन्ने डर हरायो । ’बाध्यताले होस् वा दुःखले घोराही बजारका सडक गल्ली,गल्लीमा बिचल्लीमा परेका केही सडकमानवहरु अझैं भेटिने र देखिन्छन् पनि।उनीहरुले केही समय अघिसम्म भोक मार्न कसैले फोहोरको थुप्रो कोट्याउदै गरेका देखिन्थ्ये। कोही माग्दै हिड्दै गरेका भेटिन्थ्ये। भोक र प्यास मेट्न सकडमा अलपत्र परेकाहरु दैनिकी यही हालतमा देखिन्थ्ये सडकमा बेवारिसे देखि अप्ठ्यारोमा परेकाहरु भोक र प्यास मेटाउन घोराही बजारमा एउटा यस्तो समूहको जन्म भयो,जसले असारको २ गतेदेखि घोराही बजारमा रहेका सडकमानव र अप्ठ्यारा परेकाहरुलाई साँझ बिहानको गाँस टार्दै आइरहेको छ। जसमा दैनिक बिहान र साँझ करिव ५० जनाले नियमित भोक र प्यासको अप्ठ्यारो टारिहेका छन्। जहाँ बिहान साँझको छाक टारिहेका छन् । साँझ बिहान भोकभोकै भौतारिरहेकाले
सडक मानव अर्थात बेवारिसेहरुको सेवाका लागि महाकाल सेवा समाज जन्म हुँदा सडक मानवहरुका लागि मन्दिर वा जिवित दाता नै बनिरहेको अर्काे बेवारिसे बालक दिपक तामाङ बताउनुु हुन्छ । सामान्य बोलचाल गर्न सक्ने अवस्थामा रहेका तामाङका पनि धेरै दिन र रातहरु भोकै बजारका सडक पेटीमा बितेका छन। उमेर पनि सानै देखिने तामाङ बाबुु आमा नभएपछि सडकमा पुुग्नुु परेको बाध्यता सुनाउदै उमेर सानै भएकाले काम कसैले नदिदा मामको अप्ठ्यारो खेप्नुु परिरहेको सुनाउनुु भयो । उहाँले भन्नुुभयो–‘महाकालले भोकको कालबाट बचाएको छ ।’ भोक, भोकै सडकमा भौतारिरहेकालेहरु महाकाल सेवा समाज जीवन बनिरहेको छ ।

‘गाँस पायौं,बाँस छैन ?’

महाकाल सेवा समाजले सडकमा अलपत्र परेको मानवहरुको बिहान साँझको तातो गाँस टारे पनि गाँसपछिको बाँस अझै उनीहरुको सडकमै बित्छ । गाँस पाए पनि बाँस पाउन नसक्दा अझै समस्या बल्झिएको समाजका आश्रित मान बहादुर नेपालीको भनाई छ।उहाँले भन्नुुभयो–‘भोक मेटाएको छ । बाँसको न्यानो अझै अभाव छ ।’ नेपालीले पनि आफ्नै पारिवारिक अप्ठ्यारो झेल्दै घोराही बजारको गल्लीमा आइपुुग्नुु भएको हो । सामान्य स्वास्थ्यअवस्थाको देखिने नेपाली समाजको आश्रयमा गाँस टारेकाहरुलाई बाँसकै अप्ठ्यारो परिरहेको सुनाउनुु भयो । ‘दाताहरुको हातबाट भोक टार्दै’ दान दाता र सहयोगीहरु मनहरुको सहयोगले महाकाल सेवा समाजले सडक मानव तथा अप्ठ्यारामा परेकाहरुको सेवा गर्दै आइरहेका समाजका अध्यक्ष श्रीधर गिरीको भनाई छ। महाकाल सेवा समाजले असारको २ गतदेखि नियमित सहयोगी मनहरुको सहयोगमा नियमित बिहान साँझ‘भोकालाई भोजन र प्यासीलाई पानी’ भन्ने उद्देश्यका साथ सेवामा समर्पित हुुदै आइरहेको सुनाउनुु भयो । सडक मानव तथा अन्य अप्ठ्यारो परेकाहरु सेवाका लागि समाजले निरन्तरताको खोजी गरिरहेपनि स्थानीय सरकारले उनीहरुको खोजी र व्यवस्थापनका लागि केही समस्या देखिएको उहाँले बताउनु भयो । गाँस व्यवस्थापनको अप्ठ्यारो दाताहरुले टार्दै आइरहेपनि अन्य केही अप्ठ्याराहरुमा स्थानीय सरकारले चाँसो नदिएको उहाँले सुनाउनुु भयो । उहाँले भन्नुुभयो–‘भोको पेट हामीले गरको छौं । तर उनीहरु कहाँ बस्छन्,कहिले बिरामी पर्छन । त्यो आखाँले देख्नुु र हेर्नुु परिरहेकाले छ ।’ यी अप्ठ्यारा र समस्याहरु पनि टार्नका लागि अन्य सहयोगी दाता र स्थानीय सरकारदेखि माथिल्ला सरकारहरुले सहयोग गरे हामीले धर्म माथि धर्म कटाउन सक्थ्यौं।तर उहाँ समाजले गरेको सेवा समाजकै सवथोक हो भन्ने बुुझाइले केही अप्ठ्यारो देखा परिरहेको गुुनासो उहाँको छ ।
कोरोना महामारीदेखि धेरै सडक मानवहरु भोककै कारण अकालमा ज्यान फाल्नुु परेको धेरै घटनाहरु उदाहरणहरु बजारमा भेटिएकाले बेला,बेलामा देखिएका र भोगिएकाले महामारीहरुले समाजलाई यो पाठ सिकाएले निःशुल्क खानापानी सहितको सडक मानव विचल्लीमा परेकाहरुको खोजी गर्दै नियमित भोजन सेवा सुरु गरिएको समाजका अध्यक्ष गिरीले जानकारी दिनुुभयो । उहाँले भन्नुुभयो–‘भोकलाई भोजन सेवा दिगो बनाउन खोजिरहेकाले छौं।जसलाई आउन सक्ने केही महामारीहरुले रोक्न नसकोस्, भोकभोकै कोही मर्न नपरोस् ।’