दाङ । जेन–जी आन्दोलनपछि बदलिदो परिस्थितिलाई ध्यानमा राख्दै राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले आफ्नो ओपिडि सेवा,ल्याब सेवा देखि सम्पुर्ण उपचार सेवालाई चुस्त,दुरुस्त गर्दै व्यवस्थित गर्न सुरु गरेको छ । बिरामीको चापलाई मध्यनजर गरेर प्रतिष्ठानले बिमा,नर्मल र ञभ्ज्क्० ओपिडि कार्डलाई थप ब्यबस्थित गर्न प्रयोगशाला बिस्तारदेखि टिकट काउन्टर थप्न लागेको प्रतिष्ठानका रजिस्ट्रार प्रा.श्याम लम्सालले जानकारी दिनु भयो ।
रजिस्ट्रार लम्सालका अनुसार प्रतिष्ठानमा प्रयोगशाला बिस्तार अन्तर्गत ल्याबको अलग्गै भवन बनाई विभाग समेत छुट्याइएको छ । ल्याब रिपोर्टमा कुनै खालको कमजोरी नहोस भनेर प्राध्यापकले रूजू गरेर मात्र रिपोर्ट दिने ब्यबस्था मिलाइएको छ ।
बायो केमेस्ट्री प्रा.डा.कुशल भट्टराई,प्याथोलोजी डा.सबिता विश्वकर्मा,माइक्रोबायोलोजी,डा.सुब्रता पोखरेललाई रिपोर्ट रुजु गरेर मात्रै दिने गरि ब्यबस्थापन गरिएको र यसले ल्याब प्रति अझै विश्वसनियता बढ्दै जाने,सेवा छिटो,छरितो हुने र कमजोरी नहुने अपेक्षा गरिएको छ ।ल्याब सेवालाई अझै उत्कृष्ट बनाउन ४ करोडको अत्याधुनिक उपकरणहरु थप गरिने प्रतिष्ठानका रजिस्ट्रार लम्सालले बताउनु भयो । साथै उहाँले प्रतिष्ठानमा हुन नसक्ने जाँचहरुको नमुना संकलन गरेर लुम्बिनी प्रदेशको जनस्वास्थ्य प्रयोगशालाबाट परिक्षण गर्ने ब्यबस्था मिलाउने गरि तयारी भइरहेको पनि बताउनु भयो ।


