धर्मशालामा कार्यालय

गिरिराज नेपाली, तुुलसीपुर, दाङको तुलसीपुरस्थित आन्तरिक राजश्व कार्यालयले धर्मशालाको भवन भाडाँमा लिएर धर्मशाला भवनबाट आफ्नो सेवा सुरु गरेको छ।यही कार्तिक १७ गते देखि कार्यालयले तुलसीपुर उपमहानगरपालिका वडा नंं.६ स्थित त्रिसिद्देश्वरी मन्दिरको धर्मशालाको भवनबाट आफ्नो सेवा सुुचारु गरेको होे।
जेनजी आन्दोलनका क्रममा कार्यालयको भवन जलेपछि तुलसीपुर उद्योग बाणिज्य संघको भवनबाट सेवा दिन थालेको कार्यालयले संरचना अभावका कारण थप अन्य सेवा पुनः संचालन गर्ने तयारीका साथ सोमवारदेखि मन्दिरको धर्मशाला भाडामा लिई सेवा थालनी गरेको कार्यालय प्रमुख श्रीधर टन्डनले जानकारी दिनुुभयो।कार्यालयले मन्दिरको धर्मशालाका २३ वटा कोठा भएको उक्त भवनलाई बार्षिक ७५ हजार रुपैया भाडामा लिएर सेवा सुरु गरिएको प्रमुख टन्डनले बताउनु भयो ।
कार्यालयको सेवा संगै सुरक्षा गार्ड,कार्यालय सहयोगी बस्नका लागि पनि व्यवस्था गरिएको छ। साथै कर्मचारीको आवास पनि त्यही बनाउन सकिने समेत प्रमुख टन्डनले बताउनु भयो। हाललाई १ बर्षको सम्झौता गरेर भाडामा लिइएको भएतापनि जलेको कार्यालय भवन मर्मत वा निर्माण नहुँदासम्म सोही ठाउँबाट सेवा शुरु गर्ने उहाँले बताउनु भयो । सल्यान रोड स्थित कार्यालय जलेर पूर्ण क्षति भएकाले भवनको मर्मत सम्भार र पुनः निर्माणको काम धेरै समय लाग्ने भएकाले कार्यालयले धर्मशाला भाडामा लिई सेवा सुरु गरेको उहाँको भनाई छ ।
जिल्लास्थित प्राविधिकले जाँच गर्दा कार्यालय भवन प्रयोग गर्न नमिल्ने अवस्थाको रहेको प्रतिवेदन आएको छ।त्यसलाई पुनः जाँचका लागि केन्द्रबाट प्राविधिकको टोली आउँने र सोही प्रतिवेदन अनुसार काम अघि बढ्ने प्रमुख टन्डनले बताउनु भयो । तर,अहिले नै प्रयोग गर्न मिल्ने वा नमिल्ने भन्ने कुनै टुंगो नलागेको उहाँले बताउनु भयो । जेन–जी आन्दोलनका क्रममा कार्यालयको करिव ४ करोड बराबरको क्षति पुगेकाले कार्यालयको मर्मत सम्भार वा पुुनः निर्माणको काम हुने वर्षाै र करोडौ रुपैयाँ लगानी लाग्ने भएकाले तत्कालिन सबै काम सुरु गर्नुु भएकाले कार्यालय धर्मशालामा कार्यालय स्थानान्तरण गरेको उहाँको भनाई छ । उहाँले भन्नुुभयो–‘धर्मशालादेखि काम गर्दै छौं।वाणिज्य संघले भवन उपलब्ध गराएको थियो । कार्यालयमा सबै सेवा संचालनका लागि उपयुक्त स्थान धर्मशाला देखिएकाले मन्दिरसँगको सम्झौतामा भाडामा धर्मशालामा कार्यालय संचालन गरेका छौं ।’