बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले गत वर्षको जुलाई–अगस्ट विद्रोहका बेला दमन, हत्या र षड्यन्त्रमा संलग्न गरेको ठहर गर्दै पूर्व प्रधानमन्त्री शेख हसिनालाई अनुपस्थितिमै मृत्युदण्ड सुनाएको छ। सोही मुद्दामा पूर्व गृहमन्त्री आसदुज्जमान खान कमाललाई पनि मृत्युदण्ड र पूर्व प्रहरी प्रमुख अल ममूललाई सरकारी साक्षी बनेकाले ५ वर्ष कैद सजाय दिइयो। हसिनाको सरकारद्वारा गरिएको दमनमा १४०० जनाको हत्या र २५ हजार घाइते भएको आरोप छ।आन्दोलन चर्किएपछि हसिना २०२४ अगस्टमा भारत निर्वासनमै बसिरहेकीछिन्। अदालतले विस्तृत ४५३ पृष्ठको फैसला सार्वजनिक गर्दै उनीहरूलाई विभिन्न स्थानमा भएका सामूहिक हत्या,यातना र दमन उक्साएको जिम्मेवार ठहर गरेको हो।


