परिवर्तन गाउँपालिकाको ११ औं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न

परिवर्तन गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को ११ औं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । परिवर्तन गाउँपालिकाको केन्द्र पुतलाचौरमा हिउदे अधिशेशन सम्पन्न भएको हो ।

गाउँपालिका अध्यक्ष निमकान्त डाँगीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा गाउँपालिका भित्र रहेकव ६ वटै वडाका वडा अध्यक्षहरु, ६ ओटै वडाका सदस्यहरु तथा गाउँपालिकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । परिवर्तन गाउँपालिकाका उपाध्यक्ष हित कुमारी बुढामगरको स्वागत मन्तव्यबाट सुरु भएको अधिवेशनमा सामाजिक शाखा संयोजक तथा परिवर्तन गाउँपालिका २ का वडा अध्यक्ष हरिप्रसाद बुढामगरले शिक्षा र स्वास्थ्य समबन्धी प्रगति प्रतिवेदन, आर्थिक शाखा संयोजक तथा वडा नं १ का वडा अध्यक्ष बम बहादुर पुनमगर कृषि प्रगति प्रतिवेदन,  पूर्वाधार विकास शाखा संयोजक तथा वडा नं ५ का वडा अध्यक्ष सुक बहादुर बुढामगरले भौतिक तथा सडक निर्माण प्रगति प्रतिवेदन, विपद व्यवस्थापन समिति संयोजक तथा वडा नं ६ का वडा अध्यक्ष भानसिङ बुढामगरले विपत व्यवस्थापन, चुनौती सहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै सुशासन तथा संस्थागत समिति संयोजक तथा परिवर्तन गाउँपालिका ३ का वडा अध्यक्ष झपिराम डाँगीले सुशासन सम्बन्धी प्रगति प्रतिवेदन, विधायन समिति संयोजक तथा वडा नं ४ का वडा अध्यक्ष दल बहादुर बुढामगरले विधेयक निर्माण तथा कार्यपालिका प्रगति प्रतिवेदन पेस गर्नु भएको थियो ।

त्यसैगरी सूचना तथा सञ्चार समितिको प्रगति प्रतिवेदन पेस गर्दै परिवर्तन गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपानेले गर्दै सूचना सञ्चारमा राम्रो काम भएको जिकिर गर्नु भएको छ । संचार क्षेत्रमा धेरै प्रगति भएको बताउदै आगामी दिनमा रोल्पा जिल्लामा सञ्चालित विभिन्न सञ्चार माध्यमसँग समन्वय गरि थप प्रभावकारी बनाउने बताउनु भयो । साथै परिवर्तन गाउँपालिका सबै वडाको विभिन्न संशोधन सुची र परिवर्तन गाउँपालिकाको संशोधन सुची पेस र २०७८ को श्रावण देखि बस्दै आएको कार्यपालिकाको बैठकले गर्दै आएको महत्त्वपूर्ण निर्णयको प्रतिवेदन परिवर्तन गाउँपालिका नायब सुब्बा ललित बुढामगरले गर्नु भएको थियो ।

परिवर्तन गाउँपालिका उपाध्यक्ष हित कुमारी बुढामगरले आफूहरूको पाँच वर्षे कार्यकाल अन्तिम भएको बताउदै गाउँपालिकामा आफूहरूले नमूना योग्य काम गरेको साथै स्थानीय तह निर्माण नीति योजनामा महत्त्वपूर्ण उपलब्धि भएको बताउनु भयो । गाउँपालिका अध्यक्ष निमकान्त डाँगीले परिवर्तन गाउँपालिकाको हिउँदे गाउँसभाको अध्यक्षता ग्रहण गर्दै आफूहरूको पाँच वर्षे कार्यकालको समय अन्तिम भएको र गाउँपालिकाको ११ औं गाउँसभा तथा हिउँदे अधिवेशन पनि अन्तिम भएको बताउनु भयो । साथै परिवर्तन गाउँपालिकामा आफू निर्वाचित भएर आउँदा पालिकाको नियमित कार्य निजी भवन अर्थात् भाडामा लिएर काम भइरहेको स्मरण गर्दै, शून्य अवस्थाबाट काम अगाडि बढाएर अहिलेको अबस्था सम्म आएको बताउनु भयो । अहिले परिवर्तन गाउँपालिकाको आफ्नै भवन तथा हल निर्माण भएर नागरिकलाई सेवा प्रदान गरिरहेको र परिवर्तन गाउँपालिकाको सबै वडामा वडा कार्यालय निर्माण भएको उल्लेख गर्दै एक दुई वडा अझै पनि भाडामा चलिरहेको बताउदै परिवर्तन गाउँपालिका अरु पालिका भन्दा नमूना योग्य काम गर्न सफल भएको जिकिर गर्नु भयो ।