दाङमा बस दुर्घटना हुदा ९ महिने शिशुको मुत्यु

२६ पुस, दाङ । वीरगञ्जबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना हुदा ९ महिने शिशुको मृत्यू भएको छ । दाङ देउखुरीको सिसहनियाँमा दुर्घटना हुँदा शिशुको मुत्यु भएको हो ।२६ पुस, दाङ । वीरगञ्जबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना हुदा ९ महिने शिशुको मृत्यू भएको छ । दाङ देउखुरीको सिसहनियाँमा दुर्घटना हुँदा शिशुको मुत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते शिशुको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार भारतीय नागरिक असिर आलमका छोरा नानु आलमको मृत्यु भएको हो । शिशुको शवलाई कोहलपुर मेडिकल कलेजको शव गृहमा राखिएको छ ।
२० जना सवार बसमा ८ जनाभन्दा धेरै घाइते छन् । घाइते हुनेमा पर्सा जिल्ला वीरगञ्ज उपमहानगरपालिका-१६ का ३५ वर्षीय रतन शाही, रौतहटका ३४ वर्षीय रामविनायक कुर्मी, भारत विहारका ४० वर्षीय सन्सात खातुन, सोही ठाउँ निवासी एन्डिल आलक, सुर्खेतको भेरीगंगाका १७ वर्षीय दिलबहादुर क्षेत्री रहेका छन् ।
त्यस्तै बर्दिया गेरुवा गाउँपालिका-१ का ३८ वर्षीय पूर्णप्रसाद पाण्डे, बाँके कोहलपुर नगरपालिका-१८ का ३५ वर्षीया शान्ता वली, हुम्ला तातोपानी गाउँपालिका-७ का ४५ वर्षीय धनबहादुर रावत र सोही ठाउँ बस्ने वर्ष ५२ का गोरख रावत सामान्य घाइते भएका छन् ।
घाइते सबैको लमही अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बस अनियन्त्रित भएर २० मिटर तल पुगेको छ । बसका चालकलाई थप अनुशन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस आज बिहान साढे ३ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर ५ दोलही खोला नजिक दुर्घटना भएको थियो प्रहरीले जनाएको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।