बागेश्वरी माध्यामिक बिद्यालयमा अभिभावक भेला सम्पन्न

माडी गाउँपालिका ५ भाबाङमा रहेको श्री बागेस्वारी माध्यामिक बिद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ । बिद्यालय संचालन तथा ब्यवस्थापनका लागि सर्वपक्षिय भेला गरी विभिन्न विषयमा छलफल गर्न अभिभावक भेला आयोजना गरिएको हो ।

कक्षा १० सम्म संचालन भइरहेको बिद्यालयलाई थप गरि कक्षा १२ सम्म संचालन गर्ने, प्राविधिक शिक्षालय स‌ंचालन गर्ने लगायतका विषयमा बृहत छलफल भएको बताइएको छ । भेलाले बिद्यालको भवन अभाव भएको भन्दै थप भवनको लागि माथिल्लो निकायमा माग गर्ने प्रस्ताव समेत पास गरेको छ ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर बुढमगरको अध्यक्षतामा सम्पन्न भएको भेलामा वडामा रहेका विभिन्न राजनैतिक दल,  बुद्धीजिवि,  अभिभावकहरुको सहभागिता रहेको थियो । माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनमगरको प्रमुख आतिथ्यता तथा माडी ५ भाबाङका वडा अध्यक्ष भरत बहादुर बुढामगरको बिषेश आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बिषेश अतिथि तथा माडि गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भरत बहादुर बुढामगरले बिद्यालय सुधार तथा थप बृढिका लागि विभिन्न निकायमा माग पेश गरेको जानकारी गराउदै थप बिद्यालय संचालनका लागि सबै स्थानिय सक्रिय हुनु पर्ने बताउनु भयो । कक्षा १२ सम्म समेत कक्षा संचालन हुन नसक्दा यस क्षेत्रका बालबालिका टाढाको यात्रा गरि शिक्षा आर्जन गर्नु पर्ने बाध्यकारी स्थिति रहेकोले यसको अन्त्य तत्काल आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथी माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनमगरले बिद्यालय संचालनका लागि गाउँपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । बिद्यालयको बिकासमा लागि गाउँपालिकाबाट पनि विभिन्न कार्यक्रम गरिरहेकोले यसको लागि थप पहल गर्ने बताउनु भयो ।

बिद्यायलका प्रधानाध्यापक चुर्ण बहादुर थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा पुर्व बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र बुढामग, वडामा क्रियाशिल राजनैतिकदल, बुद्धिजिवी समाजसेवीहरुको उपस्थिति हरेको थियो भने कार्यक्रमको संचालन गौराज घर्तीमगरले गर्नु भएको थियो ।