शेयर बजारमा केहि सुधार

लमाे समय देखि गिरावत आएको सेर बजारमा केहि सुधार देखिएकाे छ । साताकाे अन्तिम दिन आज शेयर बजारमा उच्च अंककाे सुधार भएको हाे । बुधबार ३० अंकले घटेकाे शेयर बजार बिहीबार ५४ अंक भन्दा बढीले बढेकाे छ । नेप्से परिसूचक ५४ दशमलव १२ अंकले बढेर २ हजार ८ सय ५७ दशमलव ७५ अंकले बढेकाे छ ।

शेयर काराेबार रकम भने घटेको छ । बुधबार ८ अर्ब माथिकाे शेयर काराेबार भएकोमा बिहीबार ७ अर्ब पनि पुग्न सकेन । दिनभर भएका करिब ६६ हजार काराेबारबाट २२४ कम्पनीका १ कराेड १६ लाख कित्ता हाराहारीमा शेयर किनबेच भएको छ । जसअनुसार काराेबार रक ६ अर्ब ६६ लाख ९७ हजार रुपैयाँ माथिको शेयर काराेबार भएको छ ।