माघ ४ गते सम्म मात्र बिद्यालय बन्द हुने

पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाले माघ ४ गते सम्म मात्र बिद्यालय बन्द गर्ने भएको छ । गाउँपालिकाले आज सुचना निकालेर यस्तो जानकारी गराएको हो ।

संघिय सरकारले माघ १५ गते सम्म सम्पूर्ण विद्यालय बन्द गर्ने भनिएको भए पनि सुनछहरी गाउँपालिकाले भने माघ ४ सम्म मात्र बिदा गर्ने निर्णय गरेको हो । गाउँपालिका विकट भएको र सुचना प्रविधि संग साक्षत्कार गर्न कठिन हुने भएको भन्दै ४ गते सम्म मात्र विदा दिइएको सुनछहरी गाउँपालिका उपाध्यक्ष पवित्रा घर्तीमगरले बताउनु भयो । गाउँपालिकामा वैकल्पिक कक्षा संचालनका लागि इन्टरनेटको प्रभावकारीता भनएकाले ४ गते सम्म मात्र विदा गर्नु परेको बताउनु भयो ।

संक्रमणको अवस्था हेरेर थप निर्णय गर्न सकिने पनि घर्तिले बताउनु भयो । पटक पटकको बिद्यालय बन्दले बिद्यार्थीको पठन पाठनमा समस्या सृजना भएको भन्दै अब गाउँपालिकाले आफ्नो सापेक्षतामा संचालन गर्नु पर्ने आवश्यक्ता अौल्याउनु भयो ।

गाउँपालिका भित्र रहेका प्रधानाध्यापकहरुको उपस्थितिमा बिहिबार बैठक वसि यस्तो निर्णय भएको बताइएको छ ।