विदामा सबै बिद्यार्थीलाई खोप लगाईने

रोल्पाको माडी गाउँपालिकाले बिद्यलय बन्दको अवधिमा सबै बालबालिकालाई कोभिड बिरुद्धको खोप लगाउने भएको छ । बिद्यालय बन्द भएपनि सम्बन्धीत बिद्यलका प्रधानाध्याकहरुले वडाको स्वास्थ्य संग सम्वय गरि १२ देखि १७ वर्ष उमेर समुहकालाई अनिवार्य खोप लगाउने भएको हो ।

संघिय सरकारको निर्देशन अनुसार माघ १५ गते सम्म बिद्यलय बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको संक्रमण तिव्र हुन थालेको भन्दै सजकता अपनाउन माघ १५ गते सम्म नै बिद्यालय बन्द गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

बिदाको समयमा पनि बिद्यालयले आफ्नो अनुकुलतामा बैकल्पिक माध्यमबाट शिक्षण सिकाइ प्रकृया थाल्न सकिने पनि बताएको छ । लामो समय बिद्यालय बन्द हुदा बिद्यार्थीमा बिर्सने तथा बाहिरी वातावरणले प्रभाव पार्ने भएकोले वैकल्पिक माध्यम खोज्न पनि भनेको छ ।

विदाको समयमा सबै शिक्षक बिद्यर्थीले खोप लगाए नलगाएको यकिन गरि सबैलाई खोप लगाउन अभियान संचालन गर्ने गाउँपालिकाले बताएको छ । बिदालाई खोप अभियानको रुपमा लिन सम्बन्धीत सबैलाई निर्देशन समेत गरेको छ ।