रोल्पाको लुङ्ग्री गाउँपालिकामा नेकपा एमाले, नेपाली काग्रेस परित्याग गरी ५४ जना भन्दा बढी नेता कार्यकर्ता नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका छन् । गाउँपालिकाको वडा नं १ पाङमा आज एक कार्यक्रममा एमाले कांग्रेस परित्याग गरि माओबादी केन्द्रमा समाहित भएका हुन् ।
नेकपा एमालेका रिकमान रोका मगरको नेतृत्वमा ५० जनाले एमाले परित्याग गरेका हुन् भने ४ जनाले कांग्रेस परित्याग गरी ५४ जनाले माओबादी प्रवेश गरेका छन् । अबको परिवर्तनको संबाहक भनेको नै माओबादी भएको भन्दै सबै माओबादी हुनु पर्ने नवप्रवेशिहरुले बताएका छन् । एमाले कांग्रेस पश्च्यगामीहरुको मतियार भएको अहिले अग्रगमणको मर्म बिपरित काम गर्दै गइरहेको भन्दै आफुहरु माओबादी रोजेको स्पष्ट पारेका छन् ।
एमाले कांग्रेस गफ मात्र गरेर जनतालाई भ्रमित गरिरहेको भन्दै सबैले बेलैमा ध्यान पुर्यानु पर्ने बताएका छन् । नेकपा माओबादी केन्द्र लुङग्री गाउँपालिका अध्यक्ष नेम बहादुर खड्का रेलको अध्यक्षतामा सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रममा प्रदेश कमिटी सदस्य तुलारम खड्का(जीवन) को प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पार्टीका सचिव अनान, योङ्ग कम्युनिष्ट लिग नेपालका अध्यक्ष नविन, संग्रम, राकेश, जालसिं लगाएतको आतिथ्यता रहेको थियो ।
पार्टिका वडा नं १ अध्यक्ष अभिलासको संचालनमा सम्पन्न भएको कार्यक्रमले तिलक पुनको अध्यक्षतामा १९ सदस्यिय टोल कमिटी पनि गठन गरिएको बताइएको छ ।