पैत्रिक सम्पतिमाथीको समान अधिकार कार्यान्वयन हुने

संविधानमा ब्यवस्था गरिएको पैत्रिक सम्पत्ती माथिको समान अधिकारलाई तत्काल कार्यान्वयन गर्न निर्देशन गरिएको छ । भूमि ब्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले देशभरका मालपोत कार्यालयहरुलाई परिपत्र गर्दै पैत्रिक सम्पत्तिमा महिला पुरुषको समान हक कायम गर्न निर्देशन दिएको हो ।

लामो समय देशि अन्यवलमा रहेको महिला पुरुषको समान अधिकार कर्यान्वयनमा लैजान निर्देशन जारि गरिएको मन्त्रालयले जनाएको छ ।  भूमि ब्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठको मन्त्रि स्तरीय निर्णयपछि यस्तो निर्देशन जारी गरिएको हो ।

सम्पत्तिमा महिला पुरुष तथा छोराछोरीबीच समान अधिकारको संवैधानिक तथा कानूनी ब्यवस्था भए पनि अहिलेसम्म कार्यान्वायन हुन सकिरहेको छैन । अब मन्त्रालयले सबै मालपोत कार्यालयहरुलाई परिपत्र गर्दै कुनै विभेद नगरी सबै अंशियारहरुले समान अंश पाउने ब्यवस्था कार्यान्वायन गर्न भनेको छ । अहिले अंशबण्डा गर्दा छोराको मात्रै भाग लाग्ने गरिएकोमा अब छोराछोरीलाई विभेद नगरी अंशबण्डा गर्न निर्देशन दिइएको छ ।