सुनछहरी गाउँपालिको ११ औं गाउँसभा हुने

सुनछहरी गाउँपालिकाको गाउँसभा हुने भएको छ । पूर्वी रोल्पामा रहेको सुनछहरी गाउँपालिकाको ११ अौ गाउँ सभा शुक्रबार सम्पन्न हुने भएको हो ।

गाउँपालिका केन्द्र पोबाङमा सम्पन्न हुने गाउँसभा शुक्रबार १० बजे गाउँपालिकाको सभाहलमा सम्पन्न हुने गाउँपालिकाले जनाएको छ । आज गाउँकार्यालिकाको बैठक बसी भोली सभा सम्पन्न गर्ने निर्णय गरेको हो । निर्वाचन पछिको अन्तिम सभाको रुपमा रहेको हिउदे अधिवेशन हुने छ । जननिर्वाचित प्रतिनिधीहरुको ५ वर्षे कार्यकाल सकिन थालेकोले यसलाई अन्तिम सभाको रुपमा गरिने गाउँपालिका अध्यक्ष आश बहादुर पुनले बताउनु भयो ।

कोरोना महामारी रहेकोले निर्बाचित प्रतिनिधी, कर्मचारीहरुको मात्र सहभागिता रहने छ । सभामा विभिन्न योजना संसोधन, विभन्न योजना पारित, विभिन्न कार्यविधि पारित हुने गाउँपालिकले जनाएको छ ।