हरिसरा घर्तीको सम्झनामा श्रद्धान्जली सभा तथा चिनो चौतारी तयार

आफ्नो पार्टिको नेता मृत्यू भएको करिब १ वर्ष पुग्नै लाग्दा (माओबादी केन्द्र)ले श्रद्धान्जली सभा कार्यक्रम गरेको छ । नेपाल कम्यूनिष्ट पार्टी (माओबादी केन्द्र)को प्रदेश कमिटि सदस्य रहेका मृतक हरिसरा घर्तीमगर (टिका)को सम्झनामा माडी गाउँपालिकाले सभा सम्पन्न गरेको हो । नेतृ टिकाको सम्झनामा मगर सस्कार अनुसार चिनो बिसौना सहित श्रद्धान्जली सभा सम्पन्न गरेको बताइएको छ । नेतृ घर्तिका परिवारको लागानिमा चिनो चौतारी तयार गरिएका हो ।  मुक्ति र परिवर्तनका लागि भन्दै माओबादीले थालेको १० वर्षे जनयुद्धमा सहभागि भएका हरिसरा घर्तीमगर टिकाको कोरोना भाइरस दोस्रो लहरका कारण उहाँको निधन भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का लुम्बिनि प्रदेश सदस्य तथा मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य समेत रहनु भएका घर्तीको विश्वव्यापी कोरोना महामारीका कारण गत जेष्ठ ७ गते निधन भएको थियो ।  माडी गाउँपालिका वडा नं. ५ भाबाङ निवासी घर्ती एक इमान्दार कर्मनिष्ट नेतृत्व रहेको पार्टीका प्रदेश कमिटि सदस्य नन्द बहादुर पुनले बताउनु भयो । रोल्पाको महिला तथा मगर मुक्ती आन्दोलनमा अतुलनिय योगदान पुर्याएका घर्तीको मृत्यू भए संगै पार्टीलाई ठुलो क्षति भएको पुनले बताउनु भयो ।  भावाङी जनताका अभिभावक र आम मुक्तिकामी जनसमुदायको एक क्रान्तिकारी योद्दा गुमाएको दिनको रुपमा पार्टीले लिएको बताउनु भयो ।

पार्टीका माडी गाउँपालिका उपाध्यक्ष तथा भाबाङका वडा अध्यक्ष भरत बहादुर बुढामगरले आफ्नो फेसबुक मार्फत हरिसरा घर्ती टिकाको पार्टी र जनतामा निकै आभाव खड्केको महसुस भएको उल्लेख गर्नु भयो छ ।  इतिहास सबैको बन्छ तर सुन्दर इतिहासको हिस्यदारी बन्ने अवसर कमै लाई मिल्छ । मानिस जन्मन्छ अनि मर्छ यो अनिवार्य नियम हो तर मानिस भएर जन्मे पछि कसरी बाच्ने र मर्ने भन्ने कुरा धेरै महत्वपुर्ण कुरा हो ।

उहाँले हामी आफ्नो लागी मात्र वा आफ्नो परिवार को लागि मात्र पनि आफ्नो जीवन यापन गर्न सक्छौ तर देश र जनताको लागि समय खर्चने वा त्याग गर्ने भनेको कमैले मात्र गर्ने बताउनु भयो । सामाजिक स्वार्थमा आफ्नो जिवनको अन्त्यष्टि गर्न पाउनु सुन्दर जिवन मरण रहेको जिकिर गर्रनु भयो । आफ्नो गाउँको एक आदर्शपात्र भएको भन्दै यस्तो अवसर कमैले प्राप्त गर्ने उल्लेख गर्नु भएको छ ।

फेसबुक स्टाटस यस्तो छ

आफ्नो भाइहरुले ब्यक्तिगत लगानीमा मगर संस्कार र परम्परा अनुसार चिनो चौतारी तयार गरिएको हो । करिब १ लाखको लगानीमा तयार गरिएको चिनो चौतारी आफ्नो दिदीको संझनामा तयार गरिएको सहोदर भाइ हिरालाल घर्तीले बताउनु भयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का लुम्बिनि प्रदेश सदस्य नन्द बहादुर पुन मगर, गाउं कमिति पार्टी उपाध्यक्ष तथा वडा अध्यक्ष भरत बहादुर बुढा मगर, , मृतकका भाई हिरालल घर्ति उन्नत घर्ति लगाएत सबै परीवार,  स्थानियहरुको सहभागिता रहेको थियो ।