१४ माघ, काठमाडौं । काठमाडौं उपत्यका प्रशासनले लगाएको जोरबिजोर प्रणाली हटाएको छ । आज बसेको उपत्यका प्रशासनले बस, माइक्रोबस र टेम्पोहरुमा जोर बिजोर प्रणाली हटाइएको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको बताइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले ट्याक्सी र निजी सवारी साधनमा मात्र जोरविजोर प्रणाली लागू हुने जानकारी दिए ।
कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले पनि सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो । सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय गरिएको उपत्यका प्रशासनले जनाएको छ ।