प्रधानमन्त्रीले मागे एमसिसीमा सुधार गर्नुपर्ने बुँदा

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीमा सुधार गर्नुपर्ने बुँदा छन् भने उपलब्ध गराउन सत्तारूढ दुई दलका अध्यक्षहरूलाई आग्रह गरेका छन् । आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग एमसिसी सम्झौतामा सुधार गर्नुपर्ने केही छन् भने त्यो उपलब्ध गराउन भनेका हुन्।

प्रधानमन्त्री देउवासँग भएको छलफलमा प्रचण्ड र अध्यक्ष नेपालले यथास्थितिमै एमसिसी पारित गरेर जान नसकिने बताएका थिए । त्यसपछि प्रधानमन्त्री देउवाले एमसिसीमा सुधार गर्नुपर्ने केही छन् भने त्यो उपलब्ध गराउन आग्रह गरेका हुन् ।

‘एमसिसीमा कुन-कुन कुराहरू छन् सुधार गर्नुपर्ने भनेर प्रधानमन्त्रीले सोध्नु भएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले बताउनु भयो । उनले पाँचदलीय गठबन्धन नटुट्ने पनि बताएका छन् । ‘पाँचदलीय गठबन्धन टुट्ने भयो कि क्या हो भन्ने अनावश्यक भ्रम र आशंका छन्,’ उनले भने, ‘गठबन्धन टुट्दैन ।’ आफूले आज बिहान प्रचण्डसँग पनि कुराकानी गरेको नेपालले बताए ।