काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि सभामुख सापकोटाले बैठक बोलाको सचिवालयले जनाएको छ । बैठक सोमबार दिउँसो २ बजे बैठक बोलाइएको छ ।
आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि सभामुख सापकोटाले बैठक बोलाएका हुन् ।