एमसीसी अनुमाेदनकाे कारण पार्टी छाेडेर एमालेमा प्रवेश गर्नु विचित्र: प्रचण्ड

 

फागुन,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी अनुमोदन गरेका कारण पार्टी छोडेर एमालेमा प्रवेश गर्नु विचित्र भएको टिप्पणी गरेका छन् । एमसीसी पास गरेका कारण पार्टीमा बस्दैनौं भन्दै छोडेका नेताहरु प्रति कडा टिप्पणी गर्दै उनले यसलाई विचित्रको संज्ञा दिएका हुन् ।

उनले भने, ‘यो भन्दा विचित्र के हुन्छ ? जानु नि बरु किरणजी, विप्लवकहाँ । नभए नारायणमान विजुक्छे कहाँ जानू ।’

एमसीसीबारे एमालेले स्पष्ट धारणा सार्वजनिक गर्न नसेको भन्दै उनले भने, ‘संसदमा एमसीसीको सबभन्दा चर्को विरोध नारायणमान विजुक्छेजीको पार्टीको प्रेम सुवालले गर्नुभएको छ । त्यहाँ गएको भए त विरोध गरेको पनि अर्थ हुन्छ ।’

सार्थ प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयनका क्रममा व्याख्यात्मक घोषणालाई मिनिमाइज नगर्न चेतावनी पनि दिएका छन् । त्यसो भएको खण्डमा आफूहरु सरकार छाडेर आन्दोलनमा जाने अवस्था आउनसक्ने उनले बताए ।

बिराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले व्याख्यात्मक घोषणालाई उचित सम्मानसहित कार्यान्वयनमा जाने विश्वास व्यक्त गरे ।