सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ गते हुने भनिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न ११ सदस्यीय समिति बनाएको छ ।
समितिमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबाट ११ सदस्य राखिएको छ ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले समितिमा रहने नेताहरुको नाम टुंगो लगाएको हो ।
जसमा कांग्रेसबाट कृष्ण सिटौला, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा छन ।
यस्तै नेकपा माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन छन ।
नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा) बाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव सदस्य छन ।
राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा छन । उनीहरुलाई भदौभित्र सिट बाँडफाँटको निर्णय सहित प्रतिवेदन दिन भनिएको छ ।