जनताका गुनासा सुन्न राप्ती गाउँपालिकाले सञ्चालन गरयो टोल फ्रि नम्बर

दाङ, ६ भदौ । दाङको राप्ती गाउँ पालिकाले जनताको गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टोल फ्रि नम्बर सञ्चालन गरेको छ । जनताले आफूलाई परेका समस्या टोल फ्रि नम्बर मा फोन गरेर टिपाउन सक्ने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभएको छ ।

गरिव दिनदुखीहरूका गुनासा सुन्न तथा जोखिममा परेका समुदायको समस्या लगायत गाउँबासीका हरेक गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको अध्यक्ष विष्टले बताउनुभयो । बेलुका ६ बजे देखि ८ बजे सम्म यो टोल फ्रि नम्बर अध्यक्ष आफैसँग हुने र बाँकी समय कार्यालयमा रहने भएकाले आफुलाई उपयुक्त पर्ने समयमा फोन गरेर गुनासो टिपाउन तथा सुझाव दिन सकिने भएको छ ।