देउखुरी क्षेत्र डुबानमा

साउन ९ दाङ, भारी वर्षाका कारण देउखुरी क्षेत्रका केही स्थान डुबानमा परेकाछन । सोमबमर रातिदेखि लगातार परेको पानीका कारण देउखुरीका लमही नगरपालिका, गढवा र राजपुर गाउँपालिकाका विभिन्न ठाउँहरु डुबानमा परेको जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले जनाएको छ । लमहीको सुनडबरी, राजपुर ५ भुर्कीहवामा केही घर ठाउँ डुबानमा परेको केन्द्रले जानकारी दिएको छ ।

त्यस्तै लमही– ३ कौडिया (कान्तिपुर गाउँ) का घर डुबान परेका र दुईवटा घरबाट सशस्त्र प्रहरी बल नं.४१ रिजर्भ गण अर्जुनखोला (कपिलवस्तु) ले उद्धार गरेको छ । रिजर्भ गण अर्जुनखोलाका प्रमुख पुरन भट्टको टोलीले उद्धार गरी सुरक्षित स्थानमा लगेको छ । त्यस्तै देउखुरीमा खहरे खोलामा बाढी आउँदा बस्तीहरु जोखिममा परेका छन । कौडिया खोला र सिंगे खोलामा बाढी आउँदा तल्लो तटिय क्षेत्रमा रहेका बस्ती डुबानको उच्च जोखिममा छन ।

अहिले पनि पानी परिरहेकाले दिनभर सतर्क रहन अपिल गरिएको छ ।जल तथा मौसम विज्ञान विभागले सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समयमा भारी वर्षा भएका कारण राप्ती र बबई लगायत अन्य‍ नदीहरूको जल सतह बढ्न सक्ने भन्दै सतर्क रहन अपील गरेको छ ।