प्रकृतिको काखमा मौलिकताको गुञ्जन

गिरिराज नेपाली
हाँ………
घुुमिघुमिबज्यो मादलु ……..।
शाह ऋतुु जानलाग्यो ……….।
हाँ……हाँ……
घुुमिघुमि बज्यो मादलु ……..।
शाह ऋतुु जान लाग्यो ……….।
यी हरफ बंगलाचुली भौलो महोत्सवमा प्रत्येक भौलोमा फरक स्वर,फरक ताल, फरक बाजा र फरक–फरक भेषभुुषामा गाइने र नाचिने मौलिक गिती शब्दहरु हुन्।
कुुहिरोको सिरसिरे बयालीसँगै आफ्नै तालमा नाचिरहेकाछन ती लेकका सल्ला र काफल बोटहरु।जसको आफ्नै बेग र लयको रफ्तार छ । जो सधै झै आज पनि सिरसिरे बतासको आफ्नै तालमा नाचिरहेकाछन् । सदाझै भन्दा एकादशी मेलामा बंगलाचुली लेकको रौनकता अलि फरक छ। मौलिक बाजागाजाको स्वरसँगै मादले, नचारु, सिंगारु र पुुरसिंगै झै सेताम्ये कुुहिरो मनै लोभ्याउने गरी डाडाँपाखासँगै कहिले वारी तँ कहिले पारी नाचिरहेको छ।
सिरसिरे बतासको कुहिरोसँगै भौलोको लहरे मादलको ताल,बाँसुरीको तिरतिर र झ्यालीको झ्याई–झ्याईमा कम्मर मर्काउदै ढलक्क ढलक्क आफ्नै तालमा नाचिरहेका छन् बालकदेखि बृद्धसम्म एकै थलोमा।फूलमालासँगै रङ्गीचङ्र्गी परिहनमा सजिसजाउमा चिरिच्याट परेकाछन् । गलामा फूलको माला,कम्मरमा मादल भिरेका मादलेहरुको तालमा बालक,वयस्क बृद्धसबै मोहितछन् । स्वरमा स्वर, मादलको ताल र हातको ताली मिलाउदै हाँ… हो….. हैट र स्याँवास….. चुट्की पिटेकै छन्।
जसले अझ नाच्ने र बजाउने जोस,हेर्ने हो हल्ला थपेकै छ। साँझ पर्दै जान्छ। नाचगानको माहोल अझ तातिदै जान्छ। मौलिक कला,गला सहितको भौलोले बंगलाचुली लेकलाई झन पछि झन अझै मनोरम र दर्शकहरु भित्रयाइरहेको छ। भौलो हेर्न पुुगेका दर्शकहरु कोही हेर्नमै मख्ख छन्।कोही भिडियो,कोही टिकटक र कोही फोटो खिच्नमै मस्त छन। सबैलाई भौलोको रौनकले छोएको छ।
सधैको रमाइलो पर्यटकिय स्थल बंगलाचुली लेक एकादशी मेलामा अझ खास देखिएको छ। हजारौको भिड र २२ गाउँको भैलोले अझ रमाइरहेको छ। सल्लाको सिरसिरे बताससँगै बयली खेलिरहेको कुुहिरोमा त्यो मादल,बाँसुरी र झ्यालीको तालले सबैलाई झुमाएको छ।प्राकृतिक सुन्दरताले सुन्दर र मनोरम त्यो बंगलाचुली लेक,थरिथरिका नाच,थरिथरिका पहिरन अनि थरिथरिका मान्छेहरुले भरिभराउ छ।त्यही भरिभराउ र नाचगानले एकादशी मेलामा अझ सुन्दर र सजीसजाउ बनेको छ बंगलाचुली लेक। सधै प्राकृतिक सुन्दर र पर्यटकको आकर्षणले मनोरम बनेको बंगलाचुली लेक एकादशी भैलो महोत्सवमा अझ भिन्दै प्राकृतिक सुन्दरता र मौलिक गुञ्जनमा झुुमेको हुन्छ। तिहारको अवसरमा नाचिने परम्परागत मौलिक भैलोभित्रको कला,संस्कृति संरक्षण र पुुस्तान्तरणको खोजी गर्दै बालकदेखि बृद्धसम्म पर्वका रुपमा एकादशीलाई मेलापर्वका रुपमा विकास गरी पालिकाभित्रका परम्परागत भैलो महोत्सव प्रर्दशनीका रुपमा लिने गरिन्छ। जहाँ बालकदेखि बृद्धसम्मले परम्परागत मौलिक भेषभूूषा सहितको बाजागाजा र नाचगानलाई प्रस्तुुत गर्ने गर्दछन् ।
जसले परम्परागत मौलिकता लाई बचाउन र नवपुुस्तालाई सिकाउन अभिप्रेरित गरिरहेका छ। बंगलाचुुली गाउँपालिका अध्यक्ष तुुलसीराम पुनले मौलिकभैलो महोत्सवले हराउनै लागेका आफ्ना परम्परागत बाजागाजा, नाचगान र मौलिक भेषभूूषा संरक्षणको कोशेढुुङ्गा नै सावित बनिरहेकोे बताउनुु भएको छ। उहाँले भन्नुुभयो–‘१२ वर्षको बालकदेखि ६२ वर्षको बृद्धसम्म भैलो नाचमा नाचिरहनुु भएको छ। जसले हराउनै लागेका केही कुरा नयाँ पुुस्तालाई सिकाएको छ।’ परम्परागत मौलिक कला, संस्कृृतिको संरक्षणका लागि स्थानीय सरकारले भैलो महोत्सवलाई पर्वका रुपमा विकास गर्दै लैजान सक्ने समेत बताउनुु भयो।उहाँले थप्नुुभयो–‘हाम्रा हराउँदै गइरहेका मौलिकतालाई जोगाउने थलो बंगलाचुली र बचाउने दिन एकादशी बन्न सक्छ।’स्थानीय यही उदेश्यका साथ हरेक वर्ष भैलो महोत्सव सम्पन्न गर्दै आइरहेको उहाँको भनाई छ।गाउँ पालिकाले थालनी गरेको परम्परागत भैलो महोत्सव दाङवासीकै परम्परागत कला संस्कृृतिको संरक्षण अवलोकनको गन्तव्यस्थल बंगलाचुली बनिरहेको उहाँको भनाई छ।जसका लागि वंगलाचुलीले बंगलाचुली लेकमा मौलिककला संस्कृतिको मञ्चन गर्नुु पर्यटक प्रवद्र्धन र मौलिकताको संरक्षण रहेको बताउनुु भयो। ‘हामीले परम्परालाई जोगाउने र नयाँ सिकाउने प्रयास भैलो महोत्सवको खोजी गरेका छौं।’उहाँले थप्नुुभयो–‘यो सामाजिक,सांस्कृतिक र संस्कृतिको एकताको सुत्रधार पनि हो।’ बंगलाचुली गाउँपालिका वडा नं. ५ मा अवस्थित बंगलाचुली लेकमा वर्षको एकदिन एकादशी मेलामा स्थानीय,कला,गला र संस्कृतिले भरिपूर्ण मौलिकभैलो देख्न सकिन्छ भन्ने अन्य समयमा उत्तरी क्षेत्रमा सिस्ने,धौलागिरी,अन्नपूर्ण लगायतका साना तथा ठूला हिमशृंखलाहरु सँगै विभिन्न हरियाली पहाड,धार्मिक पर्यटकीय क्षेत्र स्वर्गद्धारी,दक्षिणमा समथर दाङ र कपिलवस्तुुसँगै पूर्व प्यूठान लगायतका जिल्लाहरुको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । बंगलाचुली दाङको दश स्थानीय तह मध्ये एक मात्र पहाडी क्षेत्र हो। जहाँ थुप्रै धार्मिक र पर्यापर्यटकीय क्षेत्रहरु रहेकाछन्।केही धार्मिक क्षेत्रहरु छन भने ऐतिहासिक क्षेत्रहरु रहेकाछन् । धार्मिक क्षेत्रका रुपमा उजा भगवती मन्दिर,ऐतिहासिक क्षेत्रका रुपमा गढीलेक,पर्यापर्यटकिय क्षेत्रमा रुपमा धिमधिमे र बंगलाचुली लेक रहेका छन् । बंगलाचुलीको पर्यटकिय क्षेत्रको आकर्षण, महत्व र विकासको सम्भावना बंगलाचुली लेकले बोकेको छ।पहाडी गाउँ पालिकाको उच्च पहाडी क्षेत्र बंगलाचुली लेक रहेकाले साविक,स्यूजा,काँभ्रे,लोहारपानी र हाँसीपुर गाविस मिलेर बंगलाचुुली गाउँपालिका बनेको हो।गाउँपालिकाको नामाकरण नै वंगलाचुली लेकका नाममा राखिएको छ। बंगलाचुली लेकलाई गाउँपालिका कै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न केही सम्भाव्यता अध्ययन सहितको संरचना निर्माणको काम गरेको गाउँपालिका अध्यक्ष पुनले जानकारी दिनुुभयो।
त्यो सँगै अन्य क्षेत्रको विकासका लागि केही कामहरु भइरहेकाछन्।अझ मौलिक कला संस्कृतिको संरक्षण, संम्वद्र्धन र प्रवद्र्धनका लागि गाउँ पालिकाले एकादशी मेला अर्थात स्थानीय भैलो महोत्सवले बंगलाचुलीको मौलिक कला संस्कृतिको विकासमा नयाँ सम्भावनाको खोजी गरिरहेकाछन् ।
परम्परागत भैलो महोत्सवमा गाउँ पालिका भित्रका विभिन्न वडाहरुबाट १८ वटा भैलो समुहले सहभागिता जनाएको भैलो महोत्सव व्यवस्थापन समितिका संयोजक एवं वडा नम्वर ५ का अध्यक्ष लिला बहादुर घर्तीले जानकारी दिनुुभयो।जसमा शिवालयटोल भैलो समूह, दारीमटोल भैलो समूह,मालारानी भैलो समूह,श्रीबारी भैलो समूह,लेखतापा भैलो समूह,साकुलाचौर भैलो समूह,साँकिने भैलो समूह,उपल्लो लाहापे भैलो समूह र कोलह भैलो समूहले रहेका छन्। त्यस्तै बसाई झेलखोल भैलो समूह, फलिदे भैलो समहू, मुर्कुटी भैलो समूह, रिभान भैलो समूह,अमारे भैलो समूह, तिम्ले भैलो समूह, छाप डाँडाँ पूख्र्यौली भैलो समूह,घरीचौर ब्राह्क्षेत्र भैलो समूह र सिरुखर्क भैलो समूह रहेका थिए। भैलो समूहलाई गाउँपालिकाले नगद र सम्मान पत्र सहित पुुरस्कृत र सम्मान गरेको थियो ।