दिपेन्द्र घर्ति,प्रभाकर
नाम के हो ?
प्रविन मगर ।
के गर्छस ?
पत्रकारिता ।
के प्रमाण छ ? पत्रकार भन्ने ?
सर परिचयपत्र छ ।
ए, कहाँ जाने ?
बुटवल ।
के काम ?
यहि पत्रकारिता सम्बन्धि काम छ सर ।
जा ।
यो कुराकानी पाल्पा जिल्लाको बुर्टुङमा सेनाको चेकजाँच पोइन्टमा भएको अंश हो । पाल्पा जिल्लाको सदरमुकाम तानसेन प्रवेश हुने र पोखरा जाने बाटोमा पर्ने ठाउ हो । यो ठाउँमा कडा चेकजाँच हुने गर्दथ्यो । म पनि यहि चेकमा परेको थिए । बुर्टुङदेखि पूर्व साइद आर्य भन्ज्याङ हुँदै पुर्वतिर पाल्पाको रामपुरतिर माओवादीको प्रभाव बलियो रहेको मानिथ्यो । जसले गर्दा यी ठाउँहरुबाट चल्ने गाडीहरुमा चेकजाँचर निगरानी बढीगर्ने गरिएको थियो ।
२०५९÷२०६० सालतिर मेरो कार्यक्षेत्र गण्डकतिर भएको समयमा गाडि प्रयोग गरेर बुटवल पुग्नुपर्ने थियो । सम्बन्धित निकायबाट स्विकृति लिएर बुटवल पुग्नलाई तय भयो । त्यो समयमा हाम्रो लागी बजार क्षेत्र कालको मुखमा पर्नु जस्तै लाग्दै थियो । देशमा संकटकालको व्यापकता थियो । सेनाको निगरानी निकै कडा हुँदैं थियो । बजारमा बस्नलाई हाम्रो लागी असम्भव जस्तै थियो । केहि गरि माओवादीको पहिचान भएमा बाँच्ने संभावना हुँदैन्थ्यो । तर पनि जानु नै थियो के होला कसो होला कसरी बाँचेर फर्किन सकिएला भन्ने कुराले मनभरी मथिङ्गल चलिरहेको थियो । अन्तमा आँट गर्नुको विकल्प पनि थिएन । जिम्मेवारीको कुरा थियो । कायर र डरछेरुवा बनिने खतरा पनि त्यतिकै थियो । डर,त्रास सबै काँध माथि राखेर यात्रा अगाडि बढ्यो ।
रामपुर पाल्पाबाट गाडि चढ्नु पर्दथ्यो । साथीहरुसँग रामपुरमा पुगेर भरपर्दो ड्राइभरको खोजी गरियो । त्या ेदिनको नम्बरपालो काजीमान महर्जन गुरुको रहेछ । कामजीमान भने पछि त्यो समयमा कहलिएका गुरुजीनै रहेछन । सेनाहरुसँग पनि राम्रैसँग हेलो, हाई गर्ने टाँठाबाँठा मध्यकानै रहेछन । मलाई लैजानलाई स्वीकार गरे तर मन भारी बनाएका थिए । म उनैको भरोसामा विश्वासका साथ गाडीमा चढेँ ।गाडीको ए साइडको ५ नम्वर सिटमा बसेर यात्रा सुरु गरियो । गाडिमा कसैसँग बोलचाल भएन,चिने जानेको कोही छैन ।कसैसँग चिनजान गरौँ भनेपनि आफू माओवादी भएको पोल खुल्ला भन्ने डर छ । त्यो भन्दा बोल्दै नबोले तन्टै खतम भनेर चुप लागेर बसियो । काजीमान गुरु आफ्नो काममा व्यस्त हँुदाहुँदै पनि समय,समयमा मलाई के छ सर ? भन्दै बोलाउने गर्नुहुन्थ्यो । उहाँको मुहारको अध्ययन गर्दा अलि डरको अवस्थामा हो की जस्तो मलाई लाग्थ्यो,यो सत्य थियो वा थिएन ? बसमा रहेका मानिस जति सबै त्रासमा भएको भान थियो । सायद सेनाको चेकको झंझटले होला । बेला, बेलामा सेनाले पनि कति दुःख दिएको होला हामी सोझा सिधा जनतालाई ? माओवादीहरु कहाँ छन कहा ? ती माओवादीहरु गाडीमा आउलान रे नहुने कुरा, सक्ने भए जहाँ माओवादी छन त्यही गएर मारिदिए भयो त ? सेनाको नाटक पनि कति हो,हामी सोझा सिधालाई दुःख दिन मात्र ।
एता माओवादीहरु रात विरात गाउँमा आएरबास माग्ने, बास बस्ने र सहयोग गर्नु पर्यो भन्छन, सहयोग नगरे केहि गर्लान कि भन्ने डर उनीहरुका मुखमा कुरा त खुब मिठा र साँचिक्कै होलाकी जस्तो गर्ने गर्दछन । यता सेनाले सताउँछ, हामी बीचमा चेपुवामा परेको छ । यस्तो अवस्था कहिले सम्म हुने होला,कहिले मुक्त भइएला भनेर कुरा गर्दा मन भित्र चसक्क हुने गर्दथ्यो । बस जति बजार नजिक पुग्दै जान्छ त्यति मनमा डरको धड्कन बढ्दै गइरहेको थियो । खाना खान लाई आर्य भन्ज्याङमा बस रोकियो । केहि खाना खान बसबाट ओर्ले केहि बसमै बसे खाना नखाने जति । म पनि खाना खानलाई होटेलमा छिरे तर मनभरी डरले छोपेको छ । खाना खाउकी नखाउ झै भएको थियो तर खाने निधो गरेर खाना अर्डर गरेर सुरु गरेको घाँटीमा छिर्दैन, त्यतिकै उठे अव बुर्टुङ आउँन त नजिकै छ । सेनाको एउटा टिम गस्तीमा आर्य भन्ज्याङसम्म पुगेको रहेछ । म गाडीमा बसेर समय व्यतित गरेँ । सक्दो प्रयास शंकास्पदन होस भन्ने कुरालाई विचार गरिरहने गर्दथे । सेनाको गस्ती गाडीको वरिपरि पुग्दा म माथि शंका भयो की जस्तो लाग्दथ्यो । अनि अझ सम्हालिने गदै थिए ।
गाडि अगाडि बढ्यो, बुर्टुङमा पुग्दा चेकमा गाडिको लाइन
परसम्म पुगेको थियो । मानिसहरु सबै आ–आफ्नो झोला,पुन्तुरा बोकेर लाइनमा उभिएका थिए । हामी पनि त्यसरी लाइनमा पुग्यौँ । मलाई डर अझ बढि मैले बोकेको चिठ्ठी कसरी बचाउने भन्ने थियो । काजीमान गुरुङले केहि प्रमाण देखिने चिज बोक्नु भएको छ की छैन भन्दा छैन भनेर रामपुरमा गाडि चढेको थिए । चिठ्ठी मोजाको तलको भागमा राखेको थिए । यति धेरै त नखोल्ला भन्ने आंकलन थियो । अगाडि लाइनमा नियालेर हेरेको जुत्ता समेत खोल्न लगाएर चेकजाँच भइरहेको छ । अनि हातका पंजाहरुमा ठेलासमेत हेर्दै निगरानी भइरहेको थियो । यदि हातमा ठेला छ भने हतियार समाएको,तालिम गरेको हुन सक्छ रे । अव भयो फसाद,चिठ्ठी निकालेर अन्य व्यवस्थापन गर्न पनि संभव नै छैन,पछाडि फर्कन मिल्ने अवस्था पनि रहेन, मुहारमा तातो महशुस भयो , बेहोश होला जस्तो भयो निधारमा चिड्चिडे पसिनाले ढाक्यो । अन्तमा जे भयो भयो,जीन्दगी अन्तिम हुने भयो भन्ने सोच मनमा पलायो । किनकी जुत्तामा भएको चिठ्ठी नै फेला परयो भने त्यो भन्दा अरु के चाहियो माओवादी भएकोे पुष्टि हुनलाई ।
मुहारमा बनावटी उज्यालो देखाउदै अगाडि बढेँ । मेरो पालो आयो , जुत्ता खोल्न लगायो धन्न मोजा खोल्न भनेन, शरिर भरी सबैतिर मिहिन तरिकाले निगरानी भयो । हातका पंजाहरु हेरियो । अनि सोध्न थालियो ।
नाम के हो ?
प्रविन मगर ।
के गर्छस ?
पत्रकारिता सर ।
के प्रमाण छ ? पत्रकार भन्ने ?
सर परिचयपत्र छ ।
ए, कहाँजाने ?
बुटवल सर ।
के काम?
यहिपत्रकारिता सम्बन्धिकाम छ सर ।
जा ।
त्यसपछि बल्लो बाँचियो भन्ने भयो। अगाडि छिटोछिटो पाइला चालेर सबैभन्दा अगाडि गएर केहि समयगमेँ । ओ हो बाँचियो भन्ने लाग्यो । म पत्रकार हैन,के भनौ भनौ भएको बेलाअन्यासै पत्रकार भनेहालेँ,पत्रकारलाई चेकजाँच,निगरानीकम हुन्छ भन्ने सुनेको थिए,सायद यहि कुरामा दिमागमा खेल्यो की,मलाई पत्रकारको परिचयपत्र मागेको भएपनि के देखाउथे होला साथमा क्यामेरा पनि छैन,पत्रकारिता सम्बन्धी अरु केहि कुरा सोधेको भएके भन्थे होला ? संयोगले बचेपछि अनेक तक,विर्तक मनभरी खेल्यो । मलाई छिटो अगाडि जानपाए हुने थियो भन्ने लागेको थियो । गाडीको पालो पछाडी परेकाले लामो समय पर्खनु पर्यो, मनमा डर फेरी सेनाले निगरानी गर्न आउँला की भन्ने भय मनमा पालेर बसिरहे ।
संयोग जुरेयो कस्तो, जुत्ता खोल्दा मोजा खोल्न लगाएन,एउटा जोखिम टरयो अनि पत्रकार बन्दा परिचय पत्र नमागेर छोडियो र बचियो यसरी अनायसै मुखबाट निस्किएको बोलीले बचियो । पत्रकार भन्दा अरु पेशा बताएको भए के हुन्थ्यो होला ? मोजा भित्रको चिठ्ठी भेटिएको भए के हुन्थ्यो होला ?यस्तो ठुलो खतराबाट बचेपछि मनमा यस्तै अनेक तर्क विर्तक मनमा खेल्दै गरिरहेको समयमा गाडिले हर्न बजेपछि झसंग हुँदै बुटवलतिरको यात्रा अगाडि बढेको थियो ।
अचेल बुर्टुङको चेकमा परेको याद गर्दा शरिर भर काँडा उम्रेर आउँछ । अनायसै मुखबाट निस्केको पत्रकार शब्दले बचाएको क्षण जीवनभर स्मरण बनेको छ ।