थारू अगुवा भन्छन– ‘जमिन्दारलाई होइन वर्ग मिल्ने व्यतिmलाई हाम्रो मतदानं’

घोराही, दाङका थारू अगुवाहरूले निर्वाचनमा जमिन्दारलाई नभई आफनो वर्ग मिल्ने जनताका छोराछोरीलाई मतदान नगर्ने बताएका छन । गठबन्धन सम्वद्घ थारू अगुवाहरूले घोराहीमा आयोजना गरेको भेलामा सहभागीहरूले रेखा शर्मालाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेकाछन ।
‘रेखा शर्मा तल्लो वर्गबाट संघर्ष गर्दै राजनीतिमा आउनु भएकी महिला नेतृत्व हो, उहाँले चुनाव जित्दा हाम्रो भावनाको प्रतिनिधित्व हुन्छ,’ थारू अगुवा रामप्रसाद चौधरीले भन्नुभयो– ‘शंकर पोख्रेलमा कुनै जनशैली छैन,उहाँले तल्लो तहका जनताको प्रतिनिधित्व गर्न सक्नु हुँदैन’ । अर्का थारू अगुवा भीमकान्त चौधरीले यस पटक दाङका थारूहरूको साथ गठबन्धनका उम्मेदवारलाई हुने बताउनु भयो । उहाँले विपन्न वर्गको उत्थानका लागि गठबन्धनको जित अपरिहार्य भएको बताउनु भयो । अर्का थारू अगुवा खुसीराम चौधरीले गठबन्धनलेनै संविधान जोगाउने काम गरेकाले आफूहरूले साथ दिन प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘एमालेलाई भोट दिने हो भने त बिचमै संसद विघटन गर्छ, संसद विघटन गर्नेलाई किन मतदान गर्ने’ ? उहाँले भन्नुभयो– ‘संविधान मासियो भने हामीले अहिले प्राप्त गरेका सबै अधिकार खोसिन्छ’ ।
अर्का अगुवा भुवन चौधरीले एमालेले थारू समुदायलाई विकाउ माल जस्तो व्यवहार गर्न खोजेको आरोप लगाउनु भयो । ‘हाम्रो इमान्दारितालाई एमालेले कमजोरी ठानेको छ, हामी कत्ति पनि बिचलित नभएर गठबन्धनका उम्मेदवारलाई विजय गराउँछौं’ ।
काङ्ग्रेस नेता भीम प्रकाश खड्काले दाङका आदिवासी थारू समुदायनै भएकाले उनीहरूको अधिकार र जिवनस्तर सुधार गर्न गठबन्धनले विशेष योजना ल्याउने बताउनु भयो ।
प्रतिनिधि सभा दाङ निर्वाचन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले थारूहरूको स्वाभिमानका लागि आफूहरूले संघर्ष गरिरहेको बताउन ुभयो । उहाँले मंसिर ४ गते पछि पनि पाँचै वर्ष गठबन्धनको नेतृत्वमा सरकार बन्ने बताउनु भयो ।
भेलामा मतहवा, गुरुवा, सोरिन्या लगायतका थारू अगुवाहरू सहभागी थिए ।