‘खेतबारी नेताले खाए, हाम्रो उठिवास लाग्यो ?’

कार्तिक १५, दाङ– तुलसीपुर उपमहानगरपालिका वडा नं.७ कुमाल गाउँ, जसको आफ्नै परिचय छ । अझै कुमाल गाउँ भनेपछि बुढा पुुरानाहरुले त्यही पुुरानै ग्वार खोलाको छेउ सम्झन्छन । तर न अहिले त्यो ग्वार खोलाको पश्चिम छेउमा न कुमाल गाउँ छ, न कुमालहरु नै भेटिन्छन । तर अझै पनि ग्वार खोलाको पश्चिमीतिरलाई कुमाल गाउँ नै भन्ने गरिन्छ । तर खोलाको छेउको एैलानी जग्गामा बनेको त्यो गाउँलाई नेताले हड्प्दा गाउँको नै उठिबास लाग्यो । कुमाल गाउँका ६७ वर्षिय लुटन कुमाल भन्छन– ‘हाम्रो घरबास, खेतवारी सबै नेताले खाए, हाम्रो उठिवास लगाए ।’
लुटनका बाजेको नाम गाठे कुमाल र बाबु गोपी कुुमाल । बाबुुबाजेले जोतभोग गर्दै आइरहेको जग्गा जमिन उनले पनि २०५०÷०५१ सालसम्म गर्दै आए । जब जिम्दारले जग्गा जोतभोग गर्न बन्देज लगाए कुमालहरुले गाउँ छोड्नुु परेको पीडा उनी सुनाउछन् । उनले थपे–‘ उनी नेता थिए त्यो बेला । हामी कुमालेहरु के बोल्न सक्थ्यौं । उनले जे भने त्यही चल्थ्यो । उठ्न भने उठ्ने, बस् भने बस्नुपर्ने बेला थियो त्यो बेला । अझ हामीले त्यो जग्ग हाम्रो हो भनि कसरी भन्न सक्थ्यौं । ’

लुटनका अनुुसार करिव ५ बिगाह एै्रलानी जग्गामा ४५ घरपरिवार कुमालहरुको बसोबास थियो । त्यही बस्ती छेउमा केही जग्गा नेकपा एमाले नेता शंकर पोख्रेलका घरपरिवारको जग्गा पनि थियो । गाउँलेहरु पोख्रेल परिवारको जग्गा पनि अधियाँ जोतभोग गर्दै आइरहेका थिए । तर पोख्रेल परिवारले विस्तार एैलानी कुमाल गाउँलाई पनि त्यही लम्बरी मिसाउँदा कुमालहरु उठिबास लागेको उनको भनाई छ । उनले भने–‘ अहिले यो कुरा कोट्याए मन अमिलो पार्नु बाहेक केही छैन । हामीले खोला उघारेर बनाएको एैलानी बस्तीको पुर्जा अहिले सबैका हात, हातमा छन् । उनले बस्ती उठाए आफ्नो बनाए, किनबेच भयो । अहिलेका घर देख्दा त्यही हाम्रो बस्तीको झल्को आउछ । ’
‘नेता जिम्दार थिए, हामी रैति ‘बस्ती छोडे पछि मैले अहिलेको घरबास १५ सय रुपैयाँ किने, फेरी भोलि यो हाम्रो हो भन्छन कि भन्ने डरले फेरी शंकरका दाजुु कहाँ गए । उनलाई सोधे बस्ने बास किनेको छु, त्यो पर्छ नाई भने उनले हेर्नुुपर्छ भने । तर उनी हेर्न आएनन् ।

यो घर जति बेला उठिबास लाग्यो, उति बेलाको हो । ’ लुटनले भने– ‘हामीले बसेको एैलानी अहिले लम्बरी बन्यो ।कति आफन्तको नाममा नापी भयो,कति परिवारको नाममा अझै पनि केही धेरथोर सम्पत्ति शंकरको यही गाउँमै छ भन्छन ।’ जसका कारण उनी आफ्ना नेता भएपनि न्याय माग्न कुमालहरुले उनीसँग नसकेको पीडा उनी बताउँछन् ।

मातपोत कार्यालय तुुलसीपुरमा रहेको नापीको फिल्ड साविक हलवार कित्ता नं. १ (ख) को ५ बिगाह ९ कट्ठा १६ धुर एैलानी जग्गा २०२७ साल असार १९ गते टीकाराम उपाध्ययको नाममा नापी भएको देखिन्छ । उक्त जग्गा मिसिल नं. १३७० २०५९ साल माघ ९ गते धु्रुव्र आचार्यको नाममा श्रेष्ता कायम गरिएको छ । धु्रुव नेकपा एमाले नेता शंकर पोख्रेल पार्टी कार्यकर्ता मात्र नभई छिमेकी आफन्त समेत हुुन् । यसरी पोख्रेलले कुमाल वस्ती उठाए आफन्त नातागोताको नाममा एैलानी वस्ती व्यक्तिका नाममा नामसारी गरेको उनी बताउछन् ।
‘बस्तीसँगै पार्टी छोड्यौं’
‘गाउँका नेता भनेर उनकै पछि लाग्यौं । गाउँको नै उठिबास लागे पनि कुमालहरुले बस्ती मात्रै होईन उनको पार्टी नै छोडिदियौं । २०५२÷०५३ सालदेखि उनी अझ राजनीतिमा अघि बढ्दै गए । हामीले हाम्रो थाकथलोका बारेमा चुुक्क बोल्न पाएनौं । शंकर पोख्रेल अरु गाउँमा जान्छन यो कुमाल गाउँका कहिले आउदैनन् ।’ सोही गाउँका आइतराम कुमालले भने–‘उनी कम्युनिष्ट पार्टीका नेता तँ हुन् । तर हाम्रा लागि उनी कम्युनिष्ट कहिले बनेनन् ।’ जसका कारण कुमाल गाउँ अहिलेको पीडाले होईन । हिजोको पीडाको घाउमा चर्किरहेको उनी बताउछन् । उनले थपे–‘यो गाउँका बुढा पुुराना अब दुुईचार जना मात्रै बाँचेका छौं । हाम्रो शेषपछि यी कुराको प्रमाण पनि हराउने छ ।’