कांग्रेस नेता बलदेव शर्माले भन्नुभयो– ‘अन्तरघात गर्ने छुट कसैलाई छैन’

घोराही, २७ कार्तिक,  नेपाली कांग्रेसका नेता बलदेव शर्मा मज्गैँयाले गठबन्धनका उमेम्वारहरुलाई बिजयी बनाउनका लागी सबै लाग्न नेपाली कांग्रेसका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
आइतवार नेपाली कांग्रेस पार्टी कार्यालयमा नेता कार्यकर्ताहरुसँगको भेटघाटमा उहाँले गठबन्धन अहिलेको आवश्यकता भएकाले गठबन्धनका उमेद्वारहरुलाई बिजयी बनाउनका लागी लागी पर्न सम्पूर्ण नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको हो ।
उहाँले पार्टीले गरेको निर्णय पालना गर्नु र त्यसको कार्यान्वयन गर्नु सम्पूर्ण नेता कार्यकर्ताहरुको जिम्मेवारी भएकाले पार्टिको निर्णय पालना गर्न अनुरोध गर्नुभयो । गठबन्धनको मर्म र भावना अनुरुप प्रचारप्रसारमा लागेर गठबन्धनको उमेद्धवारहरुलाई बिजयी बनाउनका लागी आफ्नो क्षेत्रबाट भूमिका खेल्न उहाँले अनुरोध गर्नुभयो ।गठबन्धनको विरुद्धमा जाने व्यक्ति सच्चा काँग्रेस हुन नसक्ने भन्दै शर्माले सबैलाई जिम्मेवार नेता कार्यकर्ताको पहिचान दिन नेता कार्यकर्ताहरुलाई सचेत गराउनु भयो । ‘पार्टीको सबै निर्णय चित्त नबुझ्न सक्छ तर पार्टिको निर्णय कार्यान्वयन गर्नु हामी सच्चा नेता कार्यकर्ताको जिम्मेवारी हो’ उहाँले भन्नुभयो–‘त्यसैले हामी सबै गठबन्धनलाई बिजयी बनाउनकालागी लाग्नुस, यो मेरो निर्देशन हो ।’
नेपाली कांग्रेसका पूर्व संगठन विभाग प्रमुख समेत रहनुभएका शर्माले निर्णय चित्त नबुझे पार्टिभित्र छलफल गर्नुपर्ने तर पार्टिको निर्णय विपरित जाने छुट कसैलाई पनि नभएको बताउनु भयो । ‘चित्त बुझ्दैन सिरक ओढेर बरु एक्लै रुनुस मनको पीडा पखाल्नुस तर बिहान उठेर मुख धोएर फेरि पार्टिको प्रचारमा लाग्नुस’ उहाँले भन्नुभयो– ‘तपाईलाई चित्तै बुझ्दैन भने पार्टिभित्र बसेर घात नगर्नुस बरु पार्टि छोडेर जानुस त्यसपछि जे गरेपनि गर्नुुस ।’
गठबन्धनका उमेद्वारहरुलाई जिताउनका लागी सबैलाई लाग्न नेता शर्माले निर्देशन दिएको नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीले जानकारी दिनुभयो । त्यस अवसरमा दाङ निर्वाचन क्षेत्र नम्बर २ को चुनावी कार्यक्रम बारेमा क्षेत्र नम्बर २ का सभापति भिमप्रकाश खड्काले जानकारी गराउनु भएको थियो ।