घौरदौराबासीको भनाइ– हामीले खानेपानी माग्यौ, शंकर पोखरेलले नाचघर बनाइदिनुभयो

घोराही, २८ कार्तिक । घोराही उपमहानगरपालिका वडा नं १८ घौरदौराका जनताहरूले आफूहरूलाई खानेपानी व्यवस्था गरिदिन माग गरेका छन । मत माग्न घौरदौरा पुगेका गठबन्धनका उम्मेदवारहरू समक्ष उनीहरूले त्यस्तो कुरा उठाएका हुन । उनीहरूले नाचघर आफूलाई कुनै आवश्यकता नभएको बताए । ‘हामीले खानेपानीको माग गरेका थियौं तर, निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले नाचघर ल्याउनुभयो,ु विष्टले भन्नुभयो, ुजनताको माग एकातिर नेताको बजेट अर्को तर्फ भएको छ’ ।
घौरदौरमा ८२ घरधुरी रहेका छन । पाइपबाट अल्पकालीन रूपमा पानीको प्रयोग गरिरहेका छन् । स्थानीय अर्का दिपक नेपालीले घौरदौरा स्वास्थ्य किल्निकको स्तर बृद्घि गर्नुपर्ने बताउनुभयो । ‘यहाँका जनताको समस्या एउटा छ, नेताहरूले अनावश्यक क्षेत्रमा लगानी गर्छन,’ उहाँले भन्नुभयो, ‘उपमहानगरपालिका भएर पनि हामी धेरै सुविधाबाट वञ्चित भएका छौं’ ।
सडकको स्तरबृद्घि गरेर कालोपत्रे गर्नुपर्ने स्थानीयहरूले बताएका छन । घौरदौराका सबै घरमा विजुली समेत पुग्न सकेको छैन । घौरदौरा टोलका अध्यक्ष तेजबहादुर बुढाले विद्यालयको भौतिक पूर्वाधार अस्तब्यस्त भएकाले निकै समस्या परेको जानकारी दिनुभयो । दाङ निर्वाचन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले घौरदौराका जनताका आधारभूत आवश्यकता पूरा गर्दै पर्यटनको केन्द्र बनाउनुपर्ने बताउनु भयो ।

उहाँले घौरदौराबासीलाई सबैभन्दा पहिले खानेपानी, स्वास्थ्य र शिक्षाको व्यवस्था गर्नुपर्ने आवश्यकता ओैंल्याउनु भयो । शर्माले घौरदौराबासीको आर्थिक उन्नतिका लागि होमस्टे निर्माण गर्न राज्यले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
दाङ क्षेत्र नं २ (१) का गठबन्धनका साझा उम्मेदवार राजु खनालले शंकर पोखरेलको अदूरदर्शी सोँचका कारण घौरदौराको विकास हुन नसकेको बताउनु भयो । उहाँले नाचघरमा नाच्न आउनेहरूले खानेपानी नपाउन सक्ने विकास जनता नचाहिएको बताउनु भयो ।