जब महिलाहरु एकैपटक जुलुस भएर सडकमा निस्किए

यो पटक चुनावको कति रनक आएन, न जुलुस न कार्यक्रम । चुनाव आए जस्तो पनि लागिरहेको छैन घोराही बजारमा मान्छेहरु आपसमा यस्तै कुरा गरिरहेका भेटिन्थे । तर कार्तिक ३० गते १२ बजे देखि घोराही बजारमा यस्तो दृष्य देखियो, जहाँ महिला मात्रको हजारौंको जुलुस लाम लागेर चुनावमय वातावरण बनाइदियो ।
आज घोराहीमा गठबन्धन महिलाहरुको ¥याली जुलुसले एक्कासी चुनावी माहोल मात्र ल्याएन, अब चुनाव कस्ले जित्छ भन्ने प्रश्नको हल समेत गरिदियो । गठबन्धनकोतर्फबाट प्रतिनीधि सभामा उठेकी रेखा शर्मा र प्रदेशका उम्मेदवार राजु खनाल र प्रचण्डविक्रम न्यौपानेको पक्षमा महिलाहरुको मात्र ¥यालीले जीतलाई सुनिश्चित गरेको घोराही बजारका स्थानीयहरुले प्रतिक्रिया दिएकाछन ।
आज महिलाहरुको जुलुसको प्रभाव जिल्लाभरी देखिएको छ । धेरै ठाउँबाट प्रतिष्प्रर्धी दल एमाले परित्याग गर्नेको संख्या पनि त्यतिकै बढेको छ ।
आजको महिला ¥याली टाफिक चोकबाट शुरु भएर बजार परिक्रमा गरी तुल्सीपुर चोकनजिक कृषि ज्ञान केन्द्र अघि कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमलाई सबै उम्मेदवारहरुले सम्बोधन गदैं विजय सुनिश्चित गरिदिएकोमा सबै महिला दिदीबहिनीहरुलाई धन्यवाद दिदै मतको संरक्षण पनि सामूहिक आब्हान गरेका थिए ।