नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर

काठमाण्डौँ– नेपाल र भारतबीच ७ वटा मुख्य सम्झौतामा हस्ताक्षर भएका छन ।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा बिहीबार द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो । तल्लो अरुण,फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन,क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको छ ।
बिहान भएको प्रतिनिधि मण्डलस्तरीय वार्तापछि पत्रकार सम्मेल मार्फत् सहमति सार्वजनिक भएको हो । नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पत्रकार सम्मेलन गर्दै सहमति बारे जानकारी दिएका हुन ।