साउन ३१, दाङ । सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले सरकार भ्रष्टाचारका मुद्धालाई टुङ्गोमा पु¥याउने गरी सुशासनको लडाइमा उत्रिएकाले यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भएको छ । प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सरकारले सुशासन कायम गर्दै न्याय र समृद्धिका पक्षमा काम गरिरहेको बताउनु भयो ।
सरकार गठन भएदेखिनै सुशासन र सेवा प्रवाहमा ध्यान केन्द्रीत गरेको भन्दै सरकारको प्रवक्ता समेत रहनु भएकी मन्त्री शर्माले विगतमा भएका बदमासी पूर्ण कामहरुलाई सरकारले उजागर गर्दै नियन्त्रण गर्न थालेको बताउनु भयो । मन्त्री शर्माले अर्थतन्त्रमा आएको गिरावटका कारण दाङमा पूर्वाधार विकासका क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्न नसिकएको बताउनु भयो । सामाजिक सञ्जाल नियमनका लागि कानूबमोजिम निर्देशिका तयार गरिरहेको जनाउँदै उहाँले जिल्लाका पत्रकार तथा सरोकारवाला निकायलाई आवश्यक सल्लाह दिन आग्रह गर्नुभयो ।
प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव जनक नेपालीले गर्नुभएको थियो भने स्वागत जीवन नेपालीले गर्नु भएका थियो ।