४ भदौ दाङ, जनतासँग माओवादी,विशेष रुपान्तरण अभियानलाई जनतासम्म पुरयाउन नेकपा माओवादी केन्द्र जिल्ला समन्वयन कमिटी दाङको विस्तारित बैठक घोराहीमा चलिरहेको छ ।
माओवादी केन्द्रका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेशका इन्चार्ज हितमान शाक्यको प्रमुख आतिथ्यता रहेको बैठकमा अभियानको नेतृत्व गरेर जिल्लामा आउनुभएकी स्थायी समिति सदस्य जयपुरी घर्ती, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष कुबेर वली, जगप्रसाद शर्मा लगायतका नेताहरुको उपस्थिति रहेको छ ।
माओवादी जिल्ला समन्वय समिति सयोजक तुल्सीराम पुन, सुवासको अध्यक्षतामा चलिरहेको बैठकले ३ महिने अभियानात्मक कार्यक्रमलाई ठोस गरेर लैजाने बताइएको छ । कार्यक्रम अनुसार जिल्लाका सय वडामा १० जनाको संख्यामा एक सय टिम निर्माण हुने र हरेक टिमको नेतृत्व केन्द्रिय,प्रदेश र जिल्लाको नेतृत्वले गर्ने जिल्ला संयोजक तुल्सीराम पुन सुवासले जनाकारी गराउनु भएको छ । अहिले जिल्ला बैठकलाई प्रमुख अतिथि हितमान शाक्य,जयपुरी घर्ती,जगप्रसाद शर्मा, निर्मल आचार्य, हिमाल शर्मा लगायतका नेताहरुले अभियानको उदेश्य माथि प्रकाश पादै प्रशिक्षण दिइराख्नु भएको छ ।