विद्यार्थी जागरण अभियानमा अखिल क्रान्तिकारी

१४ भाद्र दाङ, अखिल (क्रान्तिकारी) दाङको पाचौं पुर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बैठकले नेकपा माओवादी केन्द्रले सन्चालन गरेको ३ महिने अभियान संगै जोडिएर २ महिने विद्यार्थी जागरण अभियान सन्चालन गर्ने निर्णय गरेको छ ।

अभियान सन्चालनका लागि क्याम्पस स्तरीय अभियान कमान्ड खटाएको अखिल (क्रान्तिकारी) दाङका संयोजक गिरबहादुर महराले जानकारी दिनु भएको छ । अभियान अन्र्तगत पहिलो चरणको १ महिनामा क्याम्पस रकलेज सम्मेलन गर्ने र दोश्रो चरणमा दशै वटै पालिका सम्मेलन गरिने उहाले बताउनु भएको छ । जसका लागि जिल्ला संयोजक सहित कार्यालय सदस्यहरुको क्याम्पस तहमा कमान्डको जिम्मा दिइएको छ ।

जस अन्र्तगत गिरबहादुर महरा, ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटिया, अम्बिकेस्वरी क्याम्पस घोराही , मेट्रो कलेज तुल्सिपुर, र कृष्ण सेन प्राबिधिक शिक्षालय घोराही हेर्नु हुने छ भने हिमाल महराले देउखुरी बहुमुखी क्याम्पस लमही, पद्मोदय क्याम्पस घोराही, मार्क कलेज घोराही हेर्नु हुने छ । त्यस्तै
डिभाइड शर्माले राप्ती बबई क्याम्पस तुल्सिपुर, जनता क्याम्पस गढवा, दाङ भ्याली कलेज घोराही, भिक्टोरिया कलेज घोराही, गोबिन्द मल्लले, महेन्द्र बहुमुखी क्याम्पस घोराही, राप्ती शिक्षा क्याम्पस घोराही, राप्ती इन्जिनियरिङ कलेज घोराही लगायतका ठाउँहरुको नेतृत्व गर्नु हुने छ ।

क्रान्तिकारी दाङका संयोजक गिरबहादुर महराको अध्यक्षता एवं नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । बैठकमा अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य जंग रोका, केन्द्रिय सदस्य एबं जिल्ला इन्चार्ज विन्दु खड्का,लुम्बिनी प्रदेशको समिती सचिवालय सदस्य प्रतीक अधिकारी, संस्कृत विश्वविद्यालय रास्ट्रीय समिति प्रमुख सचिव अभय प्रताव चौबे,लुम्बिनी प्रदेश सदस्य सुशिला घर्तिमगर र इशा ओलीले प्रशिक्षण मन्तब्य राख्नु भएको भएको थियो ।