एमाले लुम्बिनीमा अध्यक्ष सहितको प्यानलमा विष्णु पौडेल पक्ष विजयी

२० भदौं बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको सम्पन्न अधिवेशनले अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल सहितको प्यानललाई विजयी बनाएको छ । मंगलबार सम्पन्न निर्वाचनबाट कंडेल अध्यक्षमा विजयी भएका हुन । अध्यक्षका अर्का उम्मेदवार प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै कंडेल विजयी भएका हुन् ।विजयी कंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेका छन ।
अध्यक्षमा विजयी कंडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट हुन् भने रिजाल महासचिव शंकर पोखरेल निकटका हुन् । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि उनीहरु प्यानल सहित चुनावमा प्रतिस्पर्धा गरेका थिए । पदाधिकारीमा एक उपसचिव बाहेक अरु सबै विष्णु पौडेल पक्षका कंडेल प्यानलकै उम्मेदवारहरु विजयी भएका छन् ।