भदौं २० दाङ । नेकपा माओवादी केन्द्र दाङले एकसय वडामा पार्टी कार्यालय स्थापना गर्ने भएको छ । नेकपा माओवादी केन्द्रको ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ अन्र्तगत अभियान विशेष सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका स्थायी कमिटी सदस्य एवं अभियानका जिल्ला संयोजक जयपुरी घर्तीको अध्यक्षतामा बसेको बैठकले तीन महिने अभियानलाई व्यवस्थित गर्न पार्टी सम्र्पक कार्यालय संन्चालन गर्नुपर्ने निर्णय बैठकले गरेको संयोजक घर्तीले जानकारी दिनुभयो ।
बैठकले कर्मचारी सहित कम्यूटर व्यवस्थापन गरी वडाको सम्पूर्ण कामको अभिलेख वडा÷वडामा नै राख्ने गरी काम गर्ने स्कूलर भएको जानकारी संयोजक घर्तीले दिनुभयो । यस्तै बैठकले १० वटा पालिकामा बैंक खाता संचालन गर्ने, पार्टी सदस्यता नविकरण गर्ने,आर्थिक सहयोग संकलन गर्ने,अभियानका क्रममा श्रमशिविर संचालन गर्ने गरी सचिवालयले निर्णय
गरेको जिल्ला संयोजक सुवास पुनले जानकारी गराउनु भयो । अभियानको पहिलोचरण अन्र्तगत भदौ २३ देखि असोज २७ गते सम्म जनतासँग भेटघाट, छलफल लगायतका कामहरु दैनिक कार्यतालिका निर्माण गरी गाउँमा अभियान संञ्चालन गर्ने गरी योजना बनेको जिल्ला समन्वय समितिका संयोजक विश्वराज आचार्यले जानकारी दिनुभयो ।