खेमराज न्यौपाने, २४ भाद्र दाङ, चराचुरुङ्गी, उभयचर, घस्रने प्राणी, जलवनस्पति, कीरा–फट्याङ्ग्राको साझा घर मात्र नभई खेतीपातीका लागि पानीको प्रचुरता हुने सिमसार क्षेत्र अतिक्रमणको चपेटामा पदै गएकाछन । संरक्षण नहुँदा सिमसार क्षेत्रहरु सुक्दै मात्र गएका छैनन, जैविक विविधतामा समेत असर पु¥याइरहेको छ ।
त्यहि सिमसार मध्ये घोराही उपमहानगरपालिका १० र १२ वडामा रहेको श्री हापुर माध्यमिक विद्यालयको जग्गा जहाँ सयौं कृषकको आधार यही थियो । सिमसार क्षेत्र रहेको यस ठाउँमा पहिले, पहिले रसाएको पानी कुलोमा संकलन हुन्थ्यो र संकलित पानीको सदुपयोग गर्दै खेतीपाती गरिन्थ्यो ।
तर अहिले मानवीय अतिक्रमणको चपेटामा परी सो सिमसार क्षेत्र अस्तित्वको संकटमा परेको छ । सिमसार क्षेत्रमा मान्छेले घर,खेत बनाउँदा ठाटीगाँउ र ठट्यौलीका सयौं किसानले सिचाईको रुपमा प्रयोग गर्ने पानीको मुहान सुकेको छ । यसमा सम्बन्धित निकाय स्थानीय सरकारले ध्यान नदिदा जैविक विविधताका साथै कृषि क्षेत्रमा अतुलनीय क्षेती पुग्न गएको छ ।