माओवादीले गरयो मन्ठोरीया मन्दिर सरसफाई

भदौं २५ दाङ, घोराही १० नाराणपुरको उत्तरअम्राईमा रहेको मन्ठोरीया मन्दिरमा माओवादी पार्टीले सरसफाई गरेको छ । नेकपा माओवादी केन्द्र ‘जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान’ अन्र्तगत श्रम शिवर मार्फत मन्दिर परिसर सरसफाई गरेको हो । सरसफाई कार्यक्रम माओवादी केन्द्र घोराही १० ले आयोजना गरेको थियो ।
थारु समुदायको पवित्र स्थल भुई¥यार थान वरपर रहेका झारपाँत,घाँस,स्याउँला, बुट्यान सरसफाई गरिएको माओवादी केन्द्र घोराही उपमहानगरपालिका १० का संयोजक चित्रबहादुर केसी (अनुपम) ले जानकारी दिनुभयो । त्यस अjसरमा माओवादी पार्टीका लुम्बिनी प्रदेश सचिवालय सदस्य मिलन डाँगीले  मन्दिर आम नागरिको आस्थाको धरोहर भएकोले सरसफाई गरेको बताउँनुभयो ।

प्रमुख अतिथ रहनु भएका डाँगीले जनताको काम गर्ने नेता कार्यकर्ता उनिहरुको नजरमा नकट्ने भन्दै सबै कार्यकर्तालाई जनतासंग जोडिन आग्रह गर्नुभयो । सरसफाईमा स्थानिय सर्वसाधारण र पार्टी कार्यकर्ताको उपस्थिती रहेको थियो । मन्दिर वरपर विभिन्न प्रकारका विरुवा पनि रोपिएको थियो ।