तीज पर्व नजिकिएसंगै दाङका बजारमा भिड्भाड

भाद्र ३० तुलसीपुर, हिन्दु महिलाहरुको महत्वपूर्ण पर्व हरितालिका तीज नजिएसँगै बजारमा किनमेल गर्नेहरुको भिडभाड बढेको छ । दाङका मुख्य बजार तुलसीपुर, घोराही, लमही,
नारायणपुर, बिजौरी, हापुरेका बजारमा किनमेल गर्ने महिला दिदीबहिनीहरुको भिड् लाग्ने गरेको हो ।

विशेषगरी कपडा, कस्मेटीक, गहना पसलहरुमा बढी भिडभाड हुने गरेको छ । तीज पर्वलाई लक्षित गरी बजारमा विभिन्न खालका नयाँ नयाँ डिजाइनका पहिरनहरु भित्रिएका छन्।
परापूर्वकालदेखि साडी चोलोमा सजिदै आएका महिलाहरु पछिल्लो समय आधुनिकता तथा पश्चिमा संस्कृतिको सिको गर्न थालेकाछन् ।
यस वर्ष तीज असोज महिनाको १ गते परेको छ । तीज पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवकोआराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ ।

नेपाली हिन्दू महिलाहरूले स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज पर्व पछिल्लो समय अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।