सरकारले इजरायलमा नेपाली राख्न घर लिने

काठमाण्डु, २२ असोज– सरकारले युद्धग्रस्त इराकबाट स्वदेश फर्कन चाहने नेपालीका लागि घर लिने भएको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले स्वदेश फर्कन चाहने नेपालीका लागि नेपाल नआउञ्जेल बस्ने गरी ‘ट्राञ्जिट होम’ स्थापना गर्ने विशेष निर्णय गरेको हो । बैठकले त्यसका लागि इजरालस्थित नेपाली दूतावासलाई स्वीकृति दिने निर्णय गरेको सरकारी प्रवक्ता एवं गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
शर्माले इजरायलमा रहेका नेपालीलाई स्वदेश फिर्ताका लागि जहाज पठाउने र त्यसको सम्पूर्ण खर्च सरकारले नै व्यहोर्ने निर्णय समेत भएको बताउनु भयो । त्यसका लागि नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सका जहाज तयारी अवस्थामा राखिनेछन् । इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीलाई अनलाइन फर्क भर्न लगाउने र नेपाली दूतावासले सोको विवरण परराष्ट्र मन्त्रालय पठाएपछि जहाज पठाइने भएको छ ।
यस्तै इजरायलमा रहेका नेपालीको उद्धार तथा स्वदेश फिर्तीमा सहजीकरण गर्न गर्न स्थानीय हिब्रु भाषा जान्ने इराकी नागरिकलाई त्यहाँस्थित नेपाली दूतावासमा बढीमा ३ महिनाका लागि करारमा नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ ।
नेपालीहरूको उद्धारका लागि आवश्यकता अनुसार इजरायल सरकार सहित छिमेकी लगायत अन्य मित्र राष्ट्र समेतको सहयोग लिने निर्णय पनि गरेको छ । इजरायलमा केयर गिभरमा गएका ४ हजार ५ सय र प्रशिक्षार्थीका रुपमा गएका २ सय ६५ नेपाली छन् ।