गत मध्य रातमा गहिरो निन्द्रामा रहेका १३२ जनाले निन्द्रामै जीवन गुमाए । गएराति ११ः४७ बजे जोडले हल्लायो गयो । क्षणभरमै सन्नाट रात चित्कार, कोलाहल र पीडाले व्यँुझियो ।
मध्यरातमा भुकम्प आयो जोडले हल्लायो गयो तर त्यसको असर एकै क्षिणमा ंहजारौं घरहरु भत्किए । पछिल्लो अपडेट अनुसार १ सय ३२ जनाले ज्यान गुमाए र सयौं घाइतेहरु पीडाले छट्पटाइरहेकाछन । आरामको निन्द्रा सुतेका बेला यस्तो कहालीलाग्दो परिदृष्य व्युझने विहानले देख्ला भनेर कहिल्यै परिकल्पना गरिएको थिएन । जाजरकोटको बारेकोट–१ रामीडाँडा आसपास केन्द्रविन्दु भएर गएको ६.४ रेक्टरस्केलको भूकम्पले जाजरकोट सदरमुकाम खलंगा सहित नलगाड गाउँपालिका, बारेकोट गाउँपालिका तथा रुकुमपश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकालाई तहसनहस पारिदिएको छ ।
साँझ झिलिमिली जाजरकोट सदरमुकाम विहान उजाड भएको यस्तो प्राकृतिक विपतिलाई न मान्छेले रोकर रोक्न सक्छ न पूर्व जाकारी पाएर सजग हुन सक्छ ।
मध्यरातमा ठुलो विपत्तको घटना घट्यो,भुकम्पको धक्का सबै ठाउँमा महशुस गरियो । तर यो पक्ष पनि देखियो कि रातभर समन्वय, उद्धार नीति र निर्देशनका गदै विहान अरु मान्छेहरु उठिनसक्दै देशका कार्यकारी प्रमुख प्रधानमन्त्री काठमाण्डौंबाट भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पुगेर क्षतिको ताजा अवस्थाका बारेमा जानकारी लिनु मात्र भएन विरामीको उद्धार कार्यमा समेत संलग्न हुनु भयो । राति भूकम्प आएको पनि थाहा नपाउने विहान ८ बजेसम्म सुतेकाहरुलाई उठेर प्रधानमन्त्री हेलिकप्टरमा त्यहाँ पुगेर के हुन्छ बरु उद्धार र राहत बाँडनु प¥यो सरकार के हेरेर बसेको भनेर आलोचना गर्नेहरुको पेशा त जतिवेला पनि चलिरहेकै हुन्छ । तर प्रधानमन्त्रीको प्रयत्क्ष सक्रियता जति भयो त्यतिकै छिटो उद्धार कार्य, घाइतेको उपचार र स्वास्थ्यकर्मीको परिचालन भएको छ । भूकम्प गएको ६ घण्टा नवित्दै घाइतेहरुको उद्धार हुनु, मृत्यु भएकालाई पुरिएको ठाउँबाट बाहिर निकाल्नु, राहत र उद्धारका सामानहरु विहानसम्म सदरमुकाम सम्म पुग्नु भनेको भुकम्प जतिकै छिटो उद्धारको कार्य हो ।
यसमा सरकारको रुपमा प्रधानमन्त्रीको रातभरको खटाई र विहान प्रत्यक्ष क्षतिग्रस्त ठाउँमा पुग्ने कुराले त्यस ठाउँमा धेरै राहत भएको छ । र सरकारका अन्य निकाय प्रदेश र स्थानीय सरकार पनि तिव्रतामा खटिन बाध्य भएकाछन । अहिले क्षतिग्रस्त सबै ठाउँहरुमा औषधी, स्वास्थ्यकर्मी र राहत सामाग्री पुगिरहेको छ । पहिलो चरणको उद्धार कार्य पनि तिव्रतामा भएको छ । प्रधानमन्त्रीको यो बुलेट सक्रियतालाई सलाम छ । भूकल्पले क्षतिग्रस्त जाजरकोट र पश्चिम रुकुमका लागि सबै मानव मनहरु एकजुट भएर जुटौ सक्दो सहयोग र योगदान पु¥याऔं ।
भूकम्प प्रभावित ठाउँमा प्रधानमन्त्रीको बुलेट सक्रियता
ट्रेन्डिङ