माघे सङ्क्रान्ति नजिकिएसँगै तरुलको व्यापार सुरु

दाङ,२३ पुस । माघे सङ्क्रान्ति नजिकिएसँगै तरुल लगायतका कन्दमूलको व्यापार बढेको छ । दाङका बजारहरुमा अहिले विक्रीका लागि राखिएका तरुल, सखरखण्ड जस्ता कन्दमुलहरु प्रशस्त मात्रामा राखिएकाछन । घोराही, तुल्सीपुर, लमही लगायतका बजारका चोक र सब्जी मण्डीहरुमा तरुलका रास देख्न सकिन्छ । माघी पर्वमा तरुल र गन्जी बढि खाइने भएकाले यसको खपत पनि बढि हुने गर्दछ ।
वन तरुल र घर तरुल भनेर २ किसिमका तरुल बजारमा विक्रीका लागि राखिएकाछन । घर तरुल भन्दा वन तरुलको मूल्य दोब्बर बढि रहेको घोराही सब्जी मण्डीमा व्यापार गर्ने धना बुढा बताउनु हुन्छ ।
माघीमा बढि खपत हुने तरुल विक्रीका लागि गाउँबाट डोका का डोका बजारमा आउने गरेको छ ।