भालुवाङ, नेपालगञ्जबाट काठमाडौँ तर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस शुक्रबार राती देउखुरीको भालुवाङस्थित राप्ती पुलबाट खसेर दुर्घटना हुँदा
मृत्यु जनाको मृत्यु भएके छ भने २२ घाइते भएकाछन ।
दुर्घटनामा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक बहादुर मल्ल जानकारी दिए । घाइतेहरुको राप्ती विज्ञान प्रतिष्ठान घोराही, नेपालगन्ज र बुटवल लगेर उपचार भइरहेको छ । तिव्र गति गतिका कारण बस दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
दुर्घटना भएको बस नमस्ते यातायातको रहेको प्रहरीले जनाएको छ । सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । घाइतेहरुलाई स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको छ ।