क्रान्तिकारी विद्यार्थी संगठनको जागरण अभियान बबई केन्द्रीत

दाङ, अखिल (क्रान्तिकारी) दाङको विद्यार्थीसँग अखिल (क्रान्तिकारी) विद्यार्थी जागरण अभियान दाङको बबई गाउँपालिकाको विभिन्न शिक्षण संस्थाहरुमा केन्द्रीत भएको छ । अखिल (क्रान्तिकारी) दाङका जिल्ला सदस्य भुपेश खत्रीका अनुसार श्री जनता मा.वि. बबरपुरमा विद्यार्थी भेला, प्रशिक्षण तथा सम्मेलन सम्पन्न भएको छ । भेलाले कपिल बि.क.को अध्यक्षतामा एक समिति निर्माण गरेको छ ।
जसको उपाध्यक्षमा योगेश सुनार,सचिवमा टिका गिरी,कोषाध्यक्षमा विनोद खत्री र सदस्यहरुमा निर्मला कार्की,कल्पना महरा, बिन्दु पुन, प्रदिप चन्द लगायत ५१ सदस्यीय कार्यसमिति सदस्यहरु चयन गरिएको छ। अखिल (क्रान्तिकारी) दाङ जिल्ला कार्यालय सदस्य हिरालाल वलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता दीपक शाहले शुभकामना दिनुभएको थियो । कार्यक्रमको सन्चालन संगठनका राप्ती बबई क्याम्पस कमिटी अध्यक्ष भद्र बहादुर खत्री भुपेसले गर्नु भएको थियो ।
साथै मावि बबरपुर (अखिल क्रान्तिकारी) मुल इकाई समितिको प्रथम बैठकले जनयुद्ध दिवसको अवसरमा आउँदो फाल्गुन १ विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने निर्णय समेत गरेको छ । साथै श्री सरस्वती मा।वि बबई ७ चरकमटिया विद्यार्थी भेला,प्रशिक्षण तथा सम्मेलन सम्पन्न भएको छ । भेलाले नमुना घर्तीको अध्यक्षतामा ५१ सदस्यीय समिति चयन गरेको छ । जसको उपाध्यक्षमा रुपा वली,विनोद कवर,सुवास रावत,सुदिप बुढाथोकी, सचिवमा क्रान्ति शाह,सह–सचिवमा दलबहादुर खड्का,कोषाध्यक्षमा निर्मल घर्ती र सदस्यहरुमा सुरक्षा डाँगी,यमुना रोका, मनिषा कंवर लगायत ५१ सदस्यीय कार्यसमिति सदस्यहरु चयन गरिएको छ।

अखिल (क्रान्तिकारी) दाङ जिल्ला कार्यालय सदस्य हिरालाल वलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा माओबादी (केन्द्र) लुम्बिनी प्रदेश सदस्य भीम बहादुर वली, पार्टी बबई पदाधिकारी दीपक शाहले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन संगठनका राप्ती बबई क्याम्पस कमिटी अध्यक्ष भद्र बहादुर खत्री ूभुपेसू ले गर्नु भएको थियो ।