काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो । नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०, भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे । त्यस्तै आसिफ सेखले १०, कुशल मल्ल र सोमपाल कामीले समान ९÷९ रन जोडे ।
क्यानडा विरुद्धको ३ एकदिवसीय सिरिजमा नेपालले दुई खेल जितिसकेको छ । अन्तिम एकदिवसीय सिरिज सोमबार हुनेछ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले राम्रो सुरुवात गरेको थियो ।