नरेन्द्र चौधरी कमरेड प्रशान्त अहिले अटो चलाउँछन उनको जीवन साथ पुसकुमारी पोर्तेल कमरेड सुशीला उनलाई सघाउदै घरको काम गर्छिन । जनयुद्धमा देश र जनताको मुतिmका लागि लड्दै गर्दा बसेको माया अहिले आफनै भविष्य निर्माणमा सहयोगी बनेको छ ।
रोल्पा सुनसरी गाउँपालिका सिउरीकी पुसकुमारी र दाङका नरेन्द्र चौधरीको भेट जनयुद्धले नै गराइदिएको हो । २०५९ सालमा विद्यार्थी संगठनमा आबद्ध हुँदै जनयुद्धमा होमिएकी पुसकुमारी कलाकार हुँदै जनसेना भएर उनले हतियार मात्र चलाइनिन लडाइँमा समेत आफनो वीरता देखाइन । जसका कारण उनी प्लाटुन कमाण्डर बनिन । उनी जुन प्लाटुनमा थिइन, त्यहि ज्वार स्मृति बिग्रेडको प्लाटुनमा समाहित हुन आइपुगे नरेन्द्र । सहकार्य हँुदै जाँदा नरेन्द्रलाई पुसकुमारी प्रतिको प्रेम आर्कषणताले तान्यो । उनले सहकर्मी मार्फत प्रेम प्रस्ताव पुसकुमारी कहाँ पु¥याए । उनले त्यस प्रस्तावलाई धेरै समय बुझेर स्वीकार गरिन । शान्ति प्रकृया शुरु भएपछि अस्थाई व्यारेकमा बस्दा उनीहरु बीच विवाह भयो ।
कक्षा ८ पढेर जनयुद्धमा लागेका उनीहरु शान्ति प्रकृया पछि रोल्पाकै बाल कल्याण माविबाट दुबैले एसएलसी दिए । राजनीतिको आधीहुँरीले परिस्थिति यस्तो ल्याइदियो जनता र देशका लागि सर्मपण भएर हिडेको सामूहिक जीवनबाट व्यतिmगत जीवनमा फर्किनु प¥यो । जे भनेर जनयुद्धमा हिडाइएको थियो, त्यो लक्ष्य अपुरै छोडेको जस्तो लाग्छ पुसकुमारीलाई । जनयुद्धताकाको लालजोडीको प्रेम अहिले पनि उनीहरु बीच उतिकै गाढा छ । एक अर्काको सहयोगी बन्दै आफनो जीवन निर्वाहको कर्म
गरिरहेकाछन र राजनीतिलाई अलि टाढाबाट हेर्ने
गरेकाछन । उनीहरुको एक छोराको भविष्य निर्माणमा आफना पाखुरीहरु खर्चिदै उनीहरु चिन्ता प्रकट प्रश्न गर्छन, युद्धका वेला घाइते, अपाङ्ग भएका ती साथीहरुको हालत अहिले के होला ?